प्यूठान । भनिन्छ मंसिरको महिना नेपाली समुदायको लागी बिबाहको लगनको महिना हो र यहि लगनको महिना संगै नेपाली गीत संगीतको बजारमा बिभिन्न गीत संगीतहरु आउने गर्छ । यसै क्रममा सनम क्रियशनको प्रस्तुतिमा प्रेम कुमार बस्नेतको पन्चेबाजाको गीत बजारमा आएको छ । नेत्र अर्यालको शब्द संगीतमा रहेको गीतमा चर्चित गायक प्रेम कुमार बस्नेत तथा बहुचर्चित गायिका जमुना सनमको स्वर रहेको छ।दिपेन्द्र तिमल्सेनाको निर्देशनमा बनेको भिडियोमा नबराज उप्रेतीको छाँयाकन तथा पवन सिम्खडाको सम्पादन रहेको छ। उक्त गीतमा चर्चित गायक तथा मोडेल प्रकाश सपुत र करिश्मा ढकालको अभिनय रहेको छ । मण्डली फिल्मसले निर्माण गरेको भिडियोलाई सनम क्रियशनको युत्युब मार्फत हेर्न सकिन्छ ।
भिडियाे
जमुना सनम र प्रेम कुमार बस्नेतको पन्चेबाजाको गीत बजारमा
Swargadwari Online
0
Comments
Tags
Entertainment
Post a Comment