Header Ads

प्यूठान । चर्चित गायिका सरु गौतम द्धारा स्वरबद्ध “मेरो आशु झर्दा” गितको सांगीतिक कोशेली सार्बजनिक भएको छ ।

उत्कृष्ट आधुनिक गिती अर्वाड हात पार्न सफल काभ्रे पलान्चोक जिल्ला घर भएकी कला र गलाको धनि गौतमले यस अघि पनि थुप्रै म्युजिक भिडियोहरु दर्शक माझ ल्याई सकेकी छन भने हाल सालै मात्र नेपालीहरुको महान चाड बिजया दशमीको अबसर पारेर किन रुन्छ मन माया सम्झेर म्युजिक भिडियो सार्बजनिक भएको थियो।

चर्चित नेपाली गायीका सरु गौतम ” साइला मेरो साइला “, ” तिम्रो र मेरो ” जस्ता बहुचर्चित दर्जनौं गीत लिएर नेपाली सांगीतिक आकाशमा चम्किएकी सरु गएको तिहारमा ” उता तिम्रो निधार एता मेरो हात खाली ” नामक तिहार गीत बजारमा ल्याएकी थिइन भने यति बेला मेरो आशु झर्दा बोलको गीत लिएर आएकी छ्न।

मेरो आशु झर्दा नामक गीतमा शब्द पारू लम्सालको रहेको छ भने संगीत थानेश्वर गौतमले दिएका छन ! उक्त गीत लाई गायक तथा संगीतकार थानेश्वर गौतम र गायिका सरु गौतम सुमधुर आवाज भरेका छन भने म्यूजिक एरेन्जरमा आशीष अबिरलको रहेको छ।
म्युजिक भिडियोको सम्पादन राज कुमारले गरेका छन भने छायांकनमा पासंग शेर्पा रहेका छन।
हेर्नुहोस भिडियो

Post a Comment

Previous Post Next Post