तर लैङ्गिक हिंसा , घरेलुु हिंसा , जातीय हिंसा , छुवाछूत , बलात्कार , चोरी , डकैती , बाल दुव्र्यवहारहरुका कुरा गर्दा जहिले पनि( जातको आधारमा हेर्ने गरिन्छ )
कानुन सबै जात , धर्म , लिङ्गको लागि समान हो तर किन हरेक
घटनामा जातको आधारमा न्याय नदिने र विभेद गर्ने गरिन्छ ??
जब कुनै बोक्सीको आरोपमा दिशा खुवाइ मारिन्छ त्यहा (बोक्सी महिला ) होइन ( दलित बोक्सी महिला )
भनिन्छ अनि अन्य समुदायको महिलाको लागि यो त दलित को केश हो हामी महिलाको होईन भनी हेरिन्छ । (सरु सुनार दलित अधिकारकर्मी )
कुनै युवा अन्तरजातीय बिवाहाबाट जिउदै फासिमा झुन्डिनु पर्छ
त्यहा (युवा) होईन( दलित युवा) मारिएको हुन्छ अनि अन्य युवा चुप बस्ने ,
कुनै एउटा बालिकाले चोरी गर्छिन र अनि जुत्ताको माला , अनि मोसो दलि , सिस्नो पानी लगाइन्छ , बजार घुमाइन्छ तब त्यहा आम आफ्ना बालबालिकाको बाल अधिकार हनन मानव अधिकार हनन कुरा हुदैन किन कि ती बालिका यो देशको बालिका होईन उनी त एक अछुत , दलित पानी नचल्ने जातको दलित बालिका पो हो ।
एउटा भगवानको रूपमा बालबालिकालाई दाज्ने गरिन्छ , अभाव, या मनस्थिति या बालमनोभावनाले सायद बालबालिकाहरुका निर्दोष मन र बिचार कहिलेकाही गलत ठाउँ र गलत काममा पुग्छन् होला तर ती गलतकामहरुलाइ सुधार्न , र सुध्रन दिनु एक परिवार र समाजको जिम्मेवारी र दाइत्व पनि आउछ ।
यदि उमेर पुगेर सहि र गलतको निर्णय लिन सक्ने र लिने मानबको लागि एक भयानक सजाय पनि ठिकै हुन्छ तर उमेर नपुगेका बालबालिकाले गल्ती गरे भन्दैमा बालबालिकाको मनोबल , मानसिकरूपमा क्षतबिक्षत हुने गरि यातना र सार्बजनिक रूपमा अपमान , गाली बेइज्जत गर्नु कुन अधिकार भित्र पर्दछ ??
एउटा १४ बर्षको दलित बालिकालाई ७०० सय चोरेको निहुँमा ४०,४२ बर्षको पुरुष लगायत सारा मान्छेहरु मिलि कालोमोसो , जुत्ताको माला लगाइ निर्मम सिस्नोपानी लगाइ कुटपिट गरि सहर घुमाउने अधिकार कस्ले दियो ??
यहि हो हाम्रो बालअधिकार ?
मानव अधिकार ??
बाल अधिकार सम्बन्धि अन्तरास्ट्रिय महासन्धि १९८९ ले २० बर्ष भन्दा मुनिका उमेर समुहलाइ बालबालिकाको परिभाषा भित्र पर्दछ भने अहिले नेपालको कानुन संविधान २०७२ ले १६ बर्ष भन्दा मुनिका उमेर समुहलाई बालबालिकाको परिभाषा भित्र राखेको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपालमा बालबालिकाको सख्या ६७ लाख ४६ हजार ८ सय तीन रहेको छ भने नेपालको जनगणना २०६८ अनुसार बालबालिकाको सख्या ५४ लाख २२ हजार ६ सय रहेको छ ।
१४ बर्षको बालिका माथी यो व्यबहार कति मानबिय र बालनिय छ ,
जहाँ हरेक साना साना गल्ती होस धारामा पानीको गाग्रो छोइयोस , पधेरा पानी छोइयोस , इनारमा पानी छोइयोस दलित महिला नै शारीरिक यातनाको शिकार हुन्छन् निर्मम कुटिन्छन अनि अपमान भोग्छन , मन्दिर होस या स्कुल , पाटी पौवा होस या सार्बजनिक कुवा अपमान दलित महिला र दलित हुनु पर्ने अनि सानो सानो निहु होस दलित बालबालिकालाइ कालोमोसो लगाइ सडक घुमाउने ??
हामी आफै पनि सूक्ष्म तरिकाले घटना हेरेका छौ हरेक घटनालाइ दलित र जात सग जोडन हुदैन भनी हामी हेरेका नि छौ तर सधै घटना किन दलित समुदाय हो र जे गरे पनि हुन्छ भनी किन घटाइन्छ??
हिजोको सामन्ती सोच र व्यबहारको छाप मात्र होईन अहिले चरम दिन दिन बढाइएको छ , दलितहरु पैतालाको धुलो हो भन्न मानसिक अझै फेरिएको छैन , जे गरे नि हाम्रो राज चल्छ भने रवाफका आवज अझै सानो भएको छैन ।
नेपालको दलित समुदायको लागि फितलो कानुन, बिभेदकारी दृश्टि , मै हु भन्ने गैरदलितको सत्ता , निति नियम र लागू गर्ने ठाउमा यहि बर्गको हालीमुहालीले आज दलित समुदायले दिन दिन यो नियति भोग्दै आउनु परेको छ ।
कहिले आउने हो तपाईं हामिमा चेतना ?
सभ्य मानिस भनि आफुलाइ परिचय दिइरहदा आफ्नै छोरिलाइ नाझ्गै सडक घुमाइन्छ , जुत्ताको माला लगाइ , सिस्नोपानीले उसको स्मरण शक्ति गुमाइदिइन्छ ।
थुक्क धिकार छ आफुलाइ सभ्य मानव भन्नेहरुलाइ ।
एक पटक दलित बालिका होईन भनी आफ्नो छोरा छोरिको नजरबाट हेर्नुस के तपाईंहरु भन्न सक्नु हुन्छ कसैको ७०० सय चोरेको निहुँमा कालोमोसो दलि सिस्नो लगाइ सडक गुमाउनु जायज थियोे या हुन्छ ??
किन हेरिन्छ दलित हो भनी किन सकिँदैन आफ्नै बालबालिका र सन्तान हो भनी आज एउटा बालिका माथी यस्तो अन्याय हुदा सिङ्गो बालअधिकारको लागि लडने सस्था मौन छ , हरेक बाबुआमा मौन छन् , हरेक बालबालिकाको उज्वल भबिस्य कोर्ने स्कुल , शिक्षक , शिक्षिका मौन छन किन कि उनी त बालिका होईन नि दलित बालिका पो हुन , किन बोल्नु किन लडनु उनको न्यायको लागि ??
Post a Comment