Header Ads

२०७४ भदौ २१ बुधबार । कलाकार हरुका विभिन्न खालका गितले बजार निकै तातिरहेको छ । कतिपय मनछुने मार्मिक गित सार्वजनिक भएका छन् भने कतिपय रमाइला डान्सिङ गितले पनी बजार तताई रहेको छ । यस पटक गायन तथा मोडलिङमा पनी निक्कै जमेकी नायिका को भन्दा गायिकाको नाम बाट परिचित सृजु अधिकारीको अभिनय रहेको फुल खायो भमराले, बिउ खायो किरैले, मेरो जिउ खायो तिम्रो पिरैले नाम गरेको डान्सिङ गितले बजार तताएको छ ।

सोही गितमा अमृत खाती र पार्वती कार्कीको आवाजमा रहेको छ भने प्रल्हाद सुवेदीको शब्द तथा अमृत खातिकै लय रहेको छ । आशिष म्युजिक प्रा.लि को प्रस्तुती रहेको उक्त गितको भिडियोमा बिक्रम चौहानको निर्देशन रहनुका साथै बासु बरालको छायांकन तथा मिलन बि.क को सम्पादन रहेको भिडियोलाई बि.स्टार फिल्मस् ले दृश्य निर्माण गरेको छ ।

सोही भिडियोमा सृजु अधिकारीलाई सुशान खड्काले अभिनयमा साथ दिएका छन् । गायिका सृजु अधिकारीले दर्जनौं गितमा आवाज दिई सकेकी छन् भने दर्जनौं गित हरुमा अभिनय समेत गरेकी छन् । उनी मोडलको नामले भन्दा गायिकाको नाम बाट बढी मात्रामा सबै सँग परिचित छन् ।

गित सुन्न र भिडियो हेर्न तल क्लिक गर्नुहोला-



Post a Comment

Previous Post Next Post