
उनी जीवन र मरणको संघारमा छन । एक महिनादेखि हस्पिटलमा बस्दा करिब चारपाँच लाख सकियो । अब मृगौला प्रत्यारोषण गर्नका लागि १२ लाख खर्च लाग्ने बताइएको छ । उक्त पैसा गुरुङसंग नभएपछि उनी सहयोगी हातहरुको पर्खाइमा रहेका छन । ४ देखि ६ महिनाभित्र मृगौला प्रत्यारोपण गर्नु पर्ने डक्टरको सल्लाह छ ।
यदि त्यो समयमा उनले मृगौला प्रत्यारोपण गर्न नसेनन भने उनको जीवन र मरणको केही ठेगान हुनेछैन । उनलाई सहयोग गर्ने कोही पनि छैन । आफन्त नै पराइ भएपछि उनी मृत्युलाई कुरिरहेका छन । उनी भन्छन आफुसंग उपचार गर्ने खर्च छैन कसैले सहयोग गरे केही समय बाच्ने थिए । आफुले कमाएको सबै पैसा पहिले मृगौला टान्सफ गर्दैमा सकियो ।
अहिले यो अवस्थामा पुगियो । गुरुङले दुइ हजारभन्दा बढी गीतमा संगीत भरेका छन । दर्जनौ गीतमा स्वर दिएका छन । उनले गाएका गीत रेडियो नेपालमा अभै पनि कालजयी छन । उनले संगीत गरेका गीत अनि तीनै गीत गाउने गायक गायिकाहरु अहिले धैरै माथि पुगेका छन । तर उन भने अस्पातालको एउटा छिडिमा उपचार खर्च जुटाउन नसकेर जीन्दगी गुजारी रहेका छन ।
उनले संगीत गरिदिएका गायक गायिकाले नै उनलाई सहयोग गर्ने हो भने पनि उपचार सम्भव देखिन्छ । तपाइ हामी सबैको सानो सहयोगले संगीतकार पूण गुरुङको जीवन बचाउन सकिन्छ भने यस कार्यमा हामी सबैले सहयोग गर्न आवश्यक छ ।
Post a Comment