
लाखौको बिश्वास जितिसकेकी चर्चित गायिका देविका केसीले यस बर्षको राष्ट्रिय ओएस अवार्डको टप ५को उत्कृष्ट गायिकाको अवार्ड हात पारेकी छिन ।नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्रमा आफ्नो पहिचान बनाईसकेकी गायिका केसीले पछिल्लो पटक”उतौली मोरी”बाट गायिका विधामा अवार्ड हात परेकी हुन् ।अरु भन्दा सरल स्वभावकी गायिका देविका देश विदेशको स्टेजमै व्यस्त रहन्छिन ।आधा जीवन गीत संगीतमै व्यतित गरिसकेकी केसी हाल प्रबासमा छिन ।कहिले नेपाल त् कहिले विदेश हुदै आफ्नो सांगीतिक यात्रालाइ उचाईमा पुर्याएकी केसीले पहिलो पटक सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पारेकी हुन् ।चर्चित गायिकाहरुको प्रतिष्पर्धामा परेकी देबिकालाई अवार्ड जितुला भन्ने सोचेकी पनि थिईनन रे ।जव अवार्ड हात परेपछि देविका अझ हर्सित छिन ।देबिकाको लागि दर्शक श्रोताको बिचमा थप उत्साह र अझ जिम्मेवारी थपिएको भान भएको बताउछिन ।
केसीलाई सांगीतिक यात्राको शुभकामना
Post a Comment