स्मृती घर्ती मगरर साउन ३, प्यूठान । ट्राफिक प्रहरी कार्यालय प्यूठानले ट्राफिक नियम पालना नगरी सञ्चलन भएका ६ हजार ३ सय सवारी साधनलाई कारवाही गरेको जनाएको छ ।
सवारी कार्बाही वाट ३४ लाख बढि राजस्व सँकलन गरेको बताएको छ । गत साउन महिना देखी ०७४ असार सम्मको तथ्याङकमा विभिन्न सवारी साधनहरुलाई कारवाही गरी उनीहरुबाट ३४ लाख ४२ हजार राजस्व संकलन गरीएको ट्राफिक प्रहरी कार्यालय प्यूठानका ट्राफिक प्रहरी हवल्दार संकर चौधरीले जानकारी दिनु भएको छ ।
उहाका अनुसार ट्राफिक नियम पालना नगर्ने ३ सय २२ वटा वस बाट १ लाख ७४ हजार, ५ सय ६३ ट्रकवाट ३ लाख ५७ हजार, १४ सय ९२ वटा जिप तथा कारबाट ७ लाख ८८ हजार, ६ सय ९८ वटा टेक्टरबाट ३ लाख ७७ हजार ५ सय, ३२ सय २४ वटा मोटरसाईकलबाट १७ लाख ४५ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी हवल्दार चौधरीले जानकारी दिनु भएको छ ।
गत आर्थिक वर्ष २०७२र०७३ मा २१ लाख १० हजार ४ सय मात्र राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष राजस्व झन्दै दोव्वरले बृद्धि भएको छ । कारवाहीमा पर्नेहरुमा सवै भन्दा वढि मोटरसाईकल रहेको र सवै भन्दा कम वसहरु कारवाहीमा परेको ट्राफिक प्रहरी कार्यालय प्यूठानले बताएको छ ।
ट्राफिक प्रहरी कार्यालय प्यूठानद्धारा ३४ लाख राजश्व संकलन
Swargadwari Online
0
Comments
Post a Comment