Header Ads

गोविन्द विश्वकर्मा श्रावण ०५ प्यूठान स्वर्गद्वारी ।  नेपाली नारिहरुको महान चार्ड हरितालिका तीज पनि विस्तारै विस्तारै नजिकिदै छ । तीजको अवसरमा नेपाली महिला दिदी बहिनीहरुलाई छ्याम छ्यामती नचाउन र दर्शक श्रोताहरुको मन जित्नका लागि कलाकारहरुले हरप्रयास गरेर मिठा–मिठा गीतहरु बजारमा ल्याइरहेका छन ।
यस्तै यस्तै तीजका गीतहरुको तछाड् मछाड् अर्थात होडवाजी चलिरहेका वेला अर्काे अत्यन्तै मौलिक एवं साँच्चीकै तीजका शव्दहरु प्रयोग भएर निर्माण भएको एउटा तीज गीत बजारमा आएको छ ।
नेपाली गीत संगीतको क्षेत्रमा सबै भन्दा फराकिलो परिचय बनाउनु भएका चर्चित संगीतकार एवं संगीत संयोजक बिबि अनुरागीको संगीत तथा संगीत संयोजन र अब्बल गीतकार विजय कुमार सुनारको उत्कृष्ट शव्द संयोजनमा तयार भएको यस गीतमा स्वर भने अत्यन्तै कोमल स्वरकी धनी सबैका प्रिय गायिक स्वरुपा रसाइलीले दिनुभएको छ, साथै यो तीजको एवल्व पनि गायिक स्वरुपा रसाइलीकै रहेको छ । याे भिडियाे हेर्नकाे लागि तलकाे लिंक क्लिक गर्नुहाेस्
अत्यन्तै स्तरीय एवं वेस्त र लोकप्रिय स्टुडियो प्रिज्म डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको यस गीतको रेकर्डिङ्ग र मिक्सिङ एकदमै खारिएका स्तरीय ध्वनी निकाल्नमा सिपालु साउण्ड इन्जिनियर श्यामश्वेत रसाइलीले गर्नुभएको छ ।
चर्चित निर्देशक शिव विकले निर्देशन गर्नुभएको यस म्यूजिक भिडियोको छाँयांकन शम्भु चालिसेले गर्नुभएको छ भने सम्पादन रविन विकले गर्नुभएको छ । म्यूजिक भिडियोमा कलाकार उषा विश्वकर्माको र बाल कलाकार शिक्षा रसाइलीको आर्कषक नृत्य रहेको छ ।
शिव फोरयस मिडियाले निर्माण गरेको यस म्यूजिक भिडियोको बजार व्यवस्थापन ओलप इन्टरटे«टमेन्टले गरेको छ । गीतले सबै खाले दर्शक श्रोताको मन जितोस् सफल बनोस् अग्रिम शुभकामना गायिका स्वरुपा रसाइलीलाई ।

Post a Comment

Previous Post Next Post