Header Ads

प्यूठा २ साउन । प्यूठानको माण्डवी गाउँपालीका ५ साविकको रम्दी–८ स्थित काली खोलामा सिंचाइका लागि बनाइएको ट्यांकीमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ ।
स्थानीय हुकुम बहादुर थापाको ५ बर्षिय छोरी पवित्रा र पुनाराम थापाको ४ बर्षिय छोरा प्रसान्तको सोमवर दिउसो खेल्ने क्रममा डुवेर मृत्यू भएको स्थानिय विनोद कुमार अधिकारीले जानकारी दिए ।
डेढ मिटर गहिराई भएको उक्त ट्यांकीलाई वरीपरीबाट काँढेटारले बारिएको भएपनि खेल्ने क्रममा उनीहरु भित्र गएको प्रहरीले जनाएको छ । रेडियाे कृपालुवाट साभार

Post a Comment

Previous Post Next Post