गोविन्द विश्वर्मा स्वर्गद्वारी श्रावण १३ । तीजका गीत भनेपछी सबैको मुखमा झुण्डिएको नाम हो तिलक वली लोक तथा दोहोरी गायक मात्र नभएर आफै संगीत संयोजक र आफ्नो स्टुडियो समेत संचालनमा ल्याउने चर्चित गायक तिलव वलीले यसपालीको तीजमा पनि दजनौ तीजका गीत संगीत सृजना गरेका छन ।
यसै अन्तरगत उनले दातँ भाच्चीयो भन्ने तीजको ठट्योली तीज गीत सार्वजनिक गरेका छन तिलक वलीको लय शब्द संगीत संयोजनमा तयार पारिएको गीतमा स्वर स्वयम तिलक वली र गायिका करिष्मा विसीको रहेको छ । याे भिडियाे हेर्नकाे लागि तलकाे लिंक क्लिक गर्नुहाेस् ।
गीतलाई गामवेसी म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको हो, गीतको निर्देशन अशोक विकले गर्नुभएको छ भने छायांकन बासु वराल र सम्पादन रविन विकले गर्नुभएको छ ।
धुर्व कमेडी काउली बुढी लगायतका कलाकारहरुको अभियनय यस गीत अझै चर्चाको शिखरमा पुगोस् शुभकामना व्यक्त गर्दछौ ।
Tags
Entertainment
Post a Comment