मधुसुदन पाेख्रेल श्रावण १४,प्यूठान । प्यूठान जिल्लाका जलनप्रतिनिधिहरुलाई शनिवार एक कार्यक्रमका विच लोक तथा दोहोरीगित प्रतिष्ठान जिल्ला शाखा प्यूठानले स्वागत गरेको छ । प्यूठानमा रहेका नौ तहका जन प्रतिनिधि नगरपलिकाका मेयर, उपमेयर गाउपालिकाका अध्यक्ष उपाध्यक्ष र वाडा का अध्यक्षहरुलाई स्वागत गरेको हो ।
स्वागत प्रतिनिधिहरुका तर्फ बाट वोल्दै प्युठान प्यूठाननगरपालिकाका मेयर अर्जुकुमार कक्षपतिले हामी जनताका प्रतिनिधिहरुले जनताका हितमा रहेर काम गर्ने र हाम्रो जिम्मा सवैको हितको लागी काम गर्ने रहेको र सवैको साथमा रहेर काम गर्ने प्रतिवद्धता गर्दै चुनिएर आएका प्रतिनिधिहरु सवैले आफ्नो जिम्मेवारीलाइ पुरा गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।
त्यस्तै कार्यक्रममा वोल्दै कार्यक्रमका विशेष अथितिको रुमा रहनु भएका साहायक प्रमुख जिल्ला अधिकारी भुप वहादुर पुनले स्वचछ रुपले जनताको काममा लाग्नु प्रर्ने कुरामा जोड दिदै शुभकामना समेत व्यक्त गर्नु भएको हाे। कार्यक्रको प्रमुख अथिति समेत रहनु भएका लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्व समितिका अध्यक्ष पि एन सापकोटाले पनि प्रतिनिधिहरुलाई कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।
सरस्वती आधार भुत विद्यालय प्यूठान नगर पानिका ४ थाप डाडामा सम्पन्न भएको कार्यक्रममा ९७ वर्षे वृद्ध भुपाल सिह. केसी,लोक दोहोरी प्रतिष्ठान नेपाल दाङ साखाकी देवकला वस्नेत ,पत्रकारहरु लगाएतको उपस्थिती रहेको कार्यक्रमको संचालन लोक दोहोरी प्रतिसष्ठान जिल्ला साखा प्यूठान का सचिव लोकेन्द्र सुनारले गर्नु भएको थियो क़।
लोक दोहोरी प्रतिष्ठान प्यूठान शाखाद्धारा जन प्रतिनिधीहरुलाई स्वागत
Swargadwari Online
0
Comments
Post a Comment