Header Ads

गाेविन्द विश्वकर्मा स्वर्गद्वारी प्यूठान ।  हिन्दु नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीज आउनको लागि अव केही समय मात्र बाँकी छ ।
तीज विस्तारै नजिक नजिक आउदै गर्दा तीजका भाकाहरु पनि उत्तिकै मात्रामा बजारमा आउने गरिरहेका छन, यसै सन्र्दभमा तीजलाई लक्षित गरी चर्चित लोकदोहोरी गायिका पूर्णकला विसी र पछिल्लो समय यूवा पुस्ताको नेतृत्व गर्दै आएका चर्चित गायक गोपाल नेपाल जिएमको सुमधुर आवाजमा कट्टुमा बुट्टा बोलको तीज गीत सार्वजनिका भएको छ ।
शंकर चालिसेको शब्द संगीत तथा प्रस्तुतीमा बजारमा आएको यस गीतको म्यूजिक भिडियोमा नृत्य पार्वती राईको रहेको छ । भिडियाे हेर्नकाे लागि तलकाे लिंक क्लिक गर्नुहाेस्
शंकर विसीको निर्देशन तथा राजेश घिमिरेको छायांकनमा तयार पारिएको यस म्यूजिक भिडियोको सम्पादन नवीन घर्तीमगरले गर्नुभएको छ ।
आशिष म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको यस गीतमा विशेष गरेर साडि फरिया लगाउदा कसैपनी पनि नहेरेपछी बुट्टे कट्टु लगाएको व्यग्यात्मक कुरालाई प्रस्तुत गायक गोपाल नेपाल जिएमले जानकारी दिनुभयो । गीतले सबै खाले दर्शक श्रोताको मन जितोस् शुभकामना व्यक्त गर्दछौं ।

Post a Comment

Previous Post Next Post