Header Ads

गोविन्द विश्वकर्मा श्रावण ०२ स्वर्गद्वारी, प्यूठान । स्वर्गद्वारी नगरपालिकाका नवनिर्वाचित जन प्रतिनिधिहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीले सोमवार बधाई तथा सम्मान गरेको छ ।
स्वास्थ्य केन्द्रमा एक कार्यक्रमको आयोजना गरि नगरपालिकाको मेयर, तथा ९ वटै वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको हो ।
स्वास्थ्य केन्द्रका अध्यक्ष यादव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गद्वारी नगरपालिकामा निर्वाचित नगर मेयर र ९ वटै वडाका अध्यक्ष, समाजसेवी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर नेत्र बहादुर रोकायले आफूहरुलाई बधाई तथा सम्मान कार्यक्रमको अयोजना गरि यो अवसरमा जुटाई दिएकोमा धेरै धेरै धन्यवादका शव्दहरु बोल्दै स्वास्थ्य चौकीलाई आफूहरुको तर्फवाट गर्ने सकिने सबै खाले सहयोगहरु आफूहरुले निःश्वार्थ भावनाले गर्ने प्रतिवद्धता समेत गर्नुभएको थियो ।
यसैवीच रोकायले आफूहर डाक्टर नभएपनी उपचार गर्न नसकेपनी उपचार गर्ने डाक्टरहरुलाई स्वच्छ, शान्त वातावरण निर्माण गरिदिन पर्ने बताउनुभयो ।
एक फरक प्रसंगमा बोल्दै रोकायले अझै पनि विभिन्न ठाउँहरुमा औषधी विनाका स्वास्थ्य चौकीहरु भएकाले तिनिहरुलाई औषधी सहितको स्वास्थ्य चौकी बनाउनको लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रतिनिधिहरुले आफूहरुको क्षेत्रवाट गर्न सकिने सबै सहयोग गरिने र गर्नेको लागि तयार रहेको समेत बताएका थिए ।
कार्यक्रमको समापन गर्दै स्वास्थ्य केन्द्रका सभापति यादव श्रेष्ठले जनप्रतिनिधिहरुलाई सफल कार्यकाल एवं हार्दिक बधाई ज्ञापन गर्नुभयो । साथै उहाँले सधै जनताको पक्षमा काम गर्नको लागि पनि प्रतिनिधिहरुलाई सुझाव दिनुभएको थियो ।

Post a Comment

Previous Post Next Post