स्वर्गद्वारी प्यूठान श्रावण १२ । प्यूठान स्वर्गद्वारी सेवा समाज यु।ए।ई ले मृगौला पिडित मन बहादुर जिसीलाई आर्थिक सहयोग प्रदान गरेको छ । स्थापना काल देखि नै समाज सेवाका तल्लीन रही आएको समाजले सामाजिक कार्यमा उच्च दखल्ता देखाउदै आएको छ ।
मृगौला पिडित प्युठान नगरपालिका खैरा निबासी ५२ बर्षीय मान बहादुर जि।सि लाई रु ५१ हजार ४ सय रुपैया आर्थिक रकम बुधवार हस्तान्तरण गरेको सेवा समाजका अध्यक्ष दुजमान सुनारले जानकारी दिनुभयो ।
विगत केहि समय अगाडि देखि नै दुवै मृगौलाले काम गर्न छोडे पछि जिबन कसरी बचाउने भन्ने बारेमा उहा लगायत उहाँको परिबार लाइ ठुलो चिन्ता रहेको छ उहाँले आफ्नो जीवन बचाउनका लागि सबै सहयोगी महानुभाबहरुमा अपिल गर्नुभएको छ ।
मृगौला पिडित जिसीको अपिल यु ए ई मा रहेको प्युठानी हरुको समाज “प्यूठान स्वर्गद्वारी सेवा समाज“मा पुगे पछि समाजका सम्पूर्ण सदस्यहरु उहाँलाई बचाउने अभियानमा लागि उहालाई केही आर्थिक सहायोग संकलन गरी पिडि जिसीलाई हस्तान्तरण गरिएको प्यूठान स्वर्गद्वारी सेवा समाज यु।ए।ई ले बताएको छ ।
Tags
News
धेरै राम्रो काम यसै गरि सबै तह बात सहयोय गरि उहाको जीवन बचाउन हुन अनुरोध पनि गर्न चाहान्छु।
ReplyDeletevery good job
ReplyDeletedhanyabad yesh samaaj maa aabadda sampurna sahayogi saathibhaai tatha didi bahini haruulaai.
Good job
ReplyDeletePost a Comment