Header Ads

गोविन्द विश्वकर्मा श्रावण ०८ गते स्वर्गद्वारी, प्यूठान ।   नेपाली नारिहरुको महान पर्व हरितालिका तीज भनेपछी विशेष महत्वका साथमा हेर्ने गरिन्छ जब तीज नकिँदै जान्छ नारिहरु आफ्नो जन्म घरमा गएर आफ्ना बालापनका साथी, संगीहरु संग रमाइलो गर्ने स्वर्णीम सपना सजाइरहेका हुन्छन । यसका साथ साथै तीजमा विभिन्न कलाकारहरु अझ भनौ विशेष गरेर महिला कलाकारहरुले तीजका भाकाहरु बजारमा अर्थात दर्शक श्रोताको माझमा ल्याउने गर्दछन अहिले २०७४ सालको तीज पनि नजिक नजिक सर्दै गर्दा चर्चित गायिक देविका केसिले धमाकेदार तीजको गीत नैना रेशम बजारमा ल्याउनु भएको छ गीत बजारमा आएको लामो समय नहुदै धेरै दर्शक श्रोताको अत्यन्तै रोजाइँमा पर्ने सफल भएको छ । भिडियाे हेर्नकाे लागि याे तलकाे लिंक क्लिक गर्नुहाेस्  ।
नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो अब्बल एवं दरिलो परिचय बनाउनु भएका शब्द तथा संगीतकार करण न्यौपानेको उत्कृष्ट संगीत र पछिल्लो समयमा सफल शव्द सृजना गर्दै आएनु भएका गीतकार टुरिष्ट जंग विकको उत्कृष्ट शब्द सृजनामा यो गीतको जन्म भएको हो भने यस गीतमा स्वर चर्चित गायिका देविका केसि र सन्दिप न्यौपानेले दिनुभएको छ ।
तिर्सना म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको यस म्यूजिक भिडियोको निर्देशन चर्चित एवं सफल निर्देश बब्बु थापाले गर्नुभएको हो भने छायांकन दुर्गा पौडेलले गर्नुभएको छ ।
मनोज कार्किले सम्पादन गर्नुभएको यस म्यूजिक भिडियोमा पछिल्लो पुस्ताका चर्चित नायिका, नायिका अञ्जली अधिकारी र सन्दिप न्यौपानेको धमाकेदार अभियन रहेको छ । यस म्यूजिक भिडियो अझै सफल बनोस् सबैखाले दर्शक श्रोताको मन मुटुमा बसोस् शुभकामना ।

डेविका केसिकाे अर्का तीज गीत  गीतकाे बाेल : पारिकाे संगीले 
 स्वर : देविका केसी
लय/शब्द : शक्ति क्षेत्री
एरेन्ज : विनाेद वाजुरीली
निर्देशक : शंकर विसी
सम्पादन : नवीन घर्तीमर
छायांकन : राजेश घिमिरे
उत्पादक/वितरक : समर्पण म्यूजिक प्रालि
 

Post a Comment

Previous Post Next Post