Header Ads

गोविन्द विश्वकर्मा प्यूठान स्वर्गद्वारी , १३ साउन ।  गायिक निर्मला भण्डारीको तिज गीत कोसेली पनि सार्बजनिक भएको छ । हिन्दु महिलाहरुको महान पर्व तिज पर्व आउने दिन नजिकिदै गर्दा गायिका भण्डारीले पनि यस वर्षको तिज पर्वलाई मध्य नजर राखेर ‘नभने बुढा ऋण लायो’ बोलको तिज गीत दर्शक श्रोताको माझमा प्रस्तुत गरेकी छन् ।
तिज गीतमा मौलिकता हराईरहेका बेला प्राय कलाकारहरुल पुरा यो भन्दा केही वर्ष अगाडि गाउँ क्षेत्रमा गाइने गीतहरुलाई नयाँ रुप नयाँ स्वर दिँदै सार्बजनिक गर्ने गरेका छन् ।
यस गीतका सर्जक भगवान् भण्डारीले पनि तिज पर्वमा गाइने बास्ताबिक गितलाई आफनो गीतमा उत्तार्ने कोसिस गरेका छन । तिज पर्वमा मुख्य गरी दुई पक्षलाई मध्य नजर राखेर गाइने प्रचलन रहेको छ । पुरानो चलन अनुसार सासु बुहारीले दुख दिएका, माइत जान नपाएका, तिजमाा लगाउने लत्ता कपडाहरुको बारेमा जस्ता कथा बस्तुमा तिज गीतमा बेदना पोख्ने प्रचल रहेको थियो । भिडियाे हेर्नकाे लागि तलकाे लि‌क क्लिक गनुृहाेस्
बहुचर्चित तथा अग्रज शब्द संगीतकार तथा गायक भगवान भण्डारीको शव्द संगीत रहेको यस गीतमा स्वर भने गायिका निर्मलाको रहेको छ । करिष्मा ढकाल र निर्मला भण्डारीको अभियन रहेको तीज गीतको निर्देशन शंकर विसीले गर्नुभएको छ ।
राजेश घिमिरेद्धारा छायांकित यस म्यूजिक भिडियोको सम्पादन नवीन घर्तीमगरले गर्नुभएको छ । तिजमा लगाउने गरगहना किन्दा ऋण लायो नभन बुढा भनेर आफना श्रीमानलाई भनेको कथा बस्तुमा गीत रहेको छ । आशिष म्यूजिक प्रालिले वजार व्यवस्थापन गरेको यस तीज गीतले सवैखाले दर्शक श्रोताको मन जितोस् शुभकामना

Post a Comment

Previous Post Next Post