Header Ads

प्यूठान,१४,साउन ।  रोजगारको शिलसिलामा कतार पुगेर अलपत्र परेका चार प्यूठानीको शनिवार उद्धार गरिएको छ । आर्कषक रोजगार तथा तलवको आश्वासनमा कतार पुगेर अलपत्र परेका झिमरुक गाँउपालिकामा चार जनाको प्यूठान सेवा समाज दोहा कतारले उद्धार गरेको हो । कतारको एक निर्माण कम्पनीका लागि भन्दै कतार पुगेर अलपत्र भएका झिँमरुक गाउँपालिका–२ का वीर बहादुर एमसि, ३ का दिपक जिसि,पुनाराम परियार र सुनिलकुमार दमाईलाई सेवा समाजले उद्धार गरेको हो ।
अलपत्र परेका चारै जना प्यूठानीलाई शनिवारनै नयाँ कम्पनी र दुतावास संगको सहकार्यमा रोजागारीको समेत ब्यबस्था गरिएको सेवा समाजका अध्यक्ष मानवहादुर केसीले जानकारी दिनुभयो । चारै जना युवाहरु रोजगारीको लागि भन्दै लाखौँ रकम खर्च गरेर कतार पुगेका थिय ।
मेनपावर कम्पनी र कामदार कम्पनीले गर्दा उनिहरु ठगिएको बताइएको छ । त्यस्तै कतारमा पुगेर अलपत्र परेका दुई प्यूठानीलाई नेपाल पठाउने तयारि भएको छ । सेवा समाजको समन्वयमा बिजुलीका दुई युवाहरुलाई घर पठाउने तयारि भएको समाजले जनाएको छ । कामको लागि भन्दै कतार पुगेका युवाहरु ठगिएपछि उद्धार गरि नेपाल पठाउने तयारी भएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।।



Post a Comment

Previous Post Next Post