Header Ads

देवी गुरुङ, साउन १६ रोल्पा ।  भुषिया कुकुरहरुको बिगबिगी बढीरहेको र धमाधम कुकुरले टोकेर मान्छे मर्न थालेको अवस्थामा जिल्ला अस्पताल रेउघा रोल्पामा भ्याक्सिनको अभाव भएको छ । १५ दिन अघिबाट जिल्ला अस्पताल रेउघा रोल्पामा रेबिज बिरुद्धको भ्याक्सिनको अभाव भएको जिल्ला अस्पताल रेउघा रोल्पाले बताएको छ ।
यो अवस्थामा यदि कुनै स्थानमा रोग लागेको कुकुरले मान्छेलाई टोक्यो भने सिधै जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पताल श्रोतले बताएको छ । जिल्लामा भ्याक्सिनकै अभावका कारण सोमवार एक ब्यक्तिको मृत्यु भएको छ ।
रोल्पानगरपालिका वडा नं १ का ५० बर्षिय दिर्घबहादुर रावतको मृत्यु भएको हो । तिन महिना अघि कुकुरले टोकेको र हाल आएर मात्रै त्यसको लक्षण देखिन थालेपछि उपचारका लागि जिल्ला अस्पताल रेउघा रोल्पामा ल्याईएपनि भ्याक्सिनको अभावमा नेपालगन्ज रिफर गरिएको जिल्ला अस्पताल रेउघा रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले बताउनुभयो ।
नेपालगन्जबाट फिर्ता ल्याईरहेको समयमा उहाँको मृत्यु भएको हो । तीन महिना सम्म कुनै उपचार नगरेकाले नै रावतको मृत्यु भएको अस्पताल श्रोतले बताएको छ ।

यता रोल्पा नगरपालिका प्रमुख पुर्ण केसीले भ्याक्सीन आपुर्तीका लागि विभिन्न मन्त्रालयहरु र विभागहरुमा पत्र पठाएर जिल्लामा भ्याक्सीनको आपुर्ती गर्ने बताउनुभएको छ ।

Post a Comment

Previous Post Next Post