स्मृती घर्ती मगर प्यूठान १६ श्रावन । प्यूठानका ९ स्थानीय तहबाट साेमवार देखि फोटो सहितको मतदाता नामावली संकलन गर्न थलिएको छ। जिल्लाको निर्वाचन कार्यालयबाट मात्रै नाम संकलन भैरहदा चर्को दवावका कारण निर्वाचन आयोगले साउन १६ देखी प्रत्येक नगर तथा गाउँ पालिकाबाट नाम संकलन थालेको हो।
यस अघि अाइतवार सम्म निर्वाचन कार्यालयबाट मात्रै नामावली संकलन गरिएकोमा साेमवार देखि प्रत्येक स्थानीय तहमा पुगेर नामावली संकलन सुरु गरिएको हो।
प्यूठानको हकमा ९ वटै नगर र गाउँपालिकाको कार्यालयबाट नामावली संकलन थालिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण वहादुर कँवरले जानकारी दिनु भएको छ। निर्वाचन कार्यालयबाट एक थान कम्प्युटर र एक जना कर्मचारी खटिएका छन भने अन्य कर्मचारी सम्बन्धित नगर र गाउँपालिकाबाटै खटिने जनाइएको छ।
नामावली संकलनलाई गाउँतह सम्म पुर्याउन दवाव परेपछि निर्वाचन आयोगले प्रत्येक स्थानीय तहमा पुगेर नामावली संकलन गर्ने निर्णय गरेको थियो।
श्रावन १ गते देखी १५ गते सम्म निर्वाचन कार्यलय खलंगावाट मतदाता नामावली संकलन गरिएको थियो। श्रावन १ गते देखी १५ गते सम्म संचालन भएको फोटो सहितको मतदाता नामावली संकलनमा १ हजार ८ सय ९ जनाको नाम दर्ता गरिएको छ। जस मध्ये ९ सय २१ जना पुरुष र ८ सय ८८ जना महिला रहेको जिल्ला निर्वाचन कार्यलय प्यूठानले जानकारी दिएको छ।
साेमवार देखी प्यूठानको ९ स्थानबाट मतदाता नामावलीमा नाम दर्ता सुरु
Swargadwari Online
0
Comments
Post a Comment