Header Ads

मनिषा राई, रोल्पा श्रावण १४ ।  रोल्पामा शनिवार संयुक्त गजल संग्रह बिमोचन कार्यक्रम सम्पन्न भएको छ । रोल्पाको लिबाङ स्थित बाचनालयको हलमा सम्पन्न कार्यक्रममा रोल्पाको सुनछहरी गाउँपालिका फगाम निवासी नव श्रष्टाहरु सन्तोस हरदम मगर र गणेश झाँक्रीमगरद्धारा लिखित संयुक्त गजल संग्रह अन्यौल जीवनको बिमोचन भएको छ ।
परिषदका उपाध्यक्ष नबिन लोचनमगरको अध्यक्षता, ललित साहित्य परिषद् रोल्पाका संस्थापक अध्यक्ष तथा बर्तमान सल्लाहकार डिवि टुहुरोको प्रमुख आतिथ्यता तथा साहित्यकार गंगा चिन्तितको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन परिषदका महासचिव खेमराज गाउँलेले गर्नुभएको थियो
ललित साहित्य परिषद रोल्पाद्धारा प्रकाशन भएको यस संग्रहको बिमोचन कार्यक्रमको आयोजना पनि ललित साहित्य परिषद रोल्पाले नै गर्ने पुस्तकको समिक्षा साहित्यकार बोमजी अवतारले गर्नुभएको छ । संग्रह बिमोचन कार्यक्रममा नेपाली लेखक संघका मोहन सहयात्री, राप्ती साहित्य परिषद का अध्यक्ष कविता उपाध्यय, मुक्तक प्रतिष्ठानका अध्यक्ष देवी गुरुङ, बिभिन्न मिडियामा पत्रकारहरु, साहित्यकार लगायतको सहभागिता रहेको अध्यक्ष लोक आलोक श्रेष्ठले बताउनुभयो ।


Post a Comment

Previous Post Next Post