गोविन्द विश्वकर्मा श्रावण ०१ प्यूठान स्वर्गद्वारी । हरेक वर्ष नेपाली नारीहरुको महान चाड हरितालिका तीज आउने गर्छ हरितालिका तीज संगै विभिन्न कलाकारहरुको तीजका भाकाहरु बजारमा ल्याउने गर्दछन ।
तीज आएपछी मौलिक, वास्तविक र चेलीको यर्थात कहानीमा आधारित तीज गीत गाउने गायिकाको नाम हो कल्पना कुसुम, उनै गायिका कुसुमले सदाको वर्ष झै यस बर्षको तीजमा पनि अत्यन्तै उत्कृष्ट गीत बजारमा ल्याएकी छिन ।
भिडियाे हेर्नकाे लागि तलकाे लिंक क्लिक गर्नुहाेला ।
नेपाली गीत संगीतको क्षेत्रमा फराकिलो परिचय बनाउनु भएका वरिष्ठ गायिका हरिदेवी कोइरालको संगीत तथा नारायण सापकोटाको शव्द र बैकुण्ठ मतको संयोजनमा रहेको यस गीतमा स्वर कल्पना कुसुमले दिनुभएको छ भने अभियनय पवित्रा आचार्यले गर्नुभएको छ । साथै निर्देशन पनि पवित्रा आचार्यले नै गर्नुभएको छ ।
दिनेश राई बान्तवाले छाँयाकंन गर्नुभएको यस म्यूजिक भिडियोको सम्पादन विष्णु शर्माले गर्नुभएको छ र पुष्पाञ्जली म्यूजिक प्रालिले बजार व्यस्थापन गरेको यस तीज गीतले सबै खाले दर्शक श्रोताको मन जितोस् शुभकामना ।
Tags
Entertainment
Post a Comment