Header Ads

स्वर्गद्वारी श्रावण ०१ गते अाइतवार ।  प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं ४ भिंग्रीमा विषालु च्याउँ खादा एकै घरका तिन जना परिवार विरामी परेका छन ।
सल्यान जिल्ला शारादा नगरपालिका स्थायी ठेगाना भई हाल स्वर्गद्वारी गेट नजिकै सल्यानी नेवारी खाजा घर एण्ड होटल संचालन गर्दे आएका सुनराज श्रेष्ठ, श्रीमति सावित्रा श्रेष्ठ र छोरा अनुज श्रेष्ठ च्याउँ खादा विरामी परेका हुन ।
छोरा अनुजले जंगलवाट खोजेर ल्याएको च्याउँ खाइसकेको करिव ३ घण्टामा रिंगटा लाग्ने, बान्ता हुने समस्या देखिएको सुनराजले बताएका छन ।

उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा समान्य उपचार पछी थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएकाे प्राथमिक स्वाथ्य केन्द्र भिंग्रीका डाक्टर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । विषालु च्याउँले शारिरिक रुपमा मुटु कलेजाे किड्नीमा धेरै असर गर्ने भएकाले समयमा नै रिफर गरिएकाे डाक्टर पाैडेलले जानकारी दिनुभयाे ।

Post a Comment

Previous Post Next Post