Header Ads

गोविन्द विश्वकर्मा स्वर्गद्वारी आसार १२ ।  अज्ञात रोगका कारण स्वर्गद्वारी नगरपालिका वडा नं ६ बेल्वास खन्नी खोलामा एकै घरका ६ सहित १३ वटा पशु चौपाया मरेका छन ।
एक हप्ता पहिले देखि अकसत्मात पशु चौपायाहरु मर्ने थाले पछी किसानहरु चिन्तित बनेका छन पशुहरुमा शरिर काप्ने छट्पट्निे र छिटो–छिटो उठवस गर्ने र तत्काल मर्ने गरेको स्थानीहरुले बताएका छन ।
केशव बसेलको भैसी ३ वटा गाई एउटा, बाख्रा एउटा र गोरु एउटा गरि ६ वटा, त्यसैगरी छोटिराम बसेलको एउटा बाख्रा, भुप बहादुर गुरुङ्गको एउटा भैसी, लुम प्रसाद बसेलको एउटा बाख्रा, लिलाराम बसेलको एउटा गोरु, मोहनलाल गुरुङ्गको एउटा गोरु र नरेन्द्र घर्तीमगरको एउटा गोरु गरी चौध वटा पशु चौपाया मरेका छन ।
एकाएक पशु चौपायाहरु मर्न थालेपछी पशुपालक कृषकहरुमा निराशा छाएको छ । विशेष गरेर खेतीवाली लगाउने समयमा पशु चौपायाहरु मेलामै मर्न थालेपछी कृषकहरु आत्तिएका छन ।
यसरी धमाधम पशु चौपायाहरु मर्ने गरेपछी पशुपालक कृषकहरुले सम्बन्धित निकायमा जानकारी गराउदाँ पनि कुनै निकायले चासो नदेखाएको पिडित कृषक केशव बसेलले जानकारी दिनुभयो ।

Post a Comment

Previous Post Next Post