Header Ads

स्मृती घर्ती मगर, असार १२।   प्युठान आउदो वुधवार हुने स्थानिय तह निर्वाचनका लागि प्युठानमा मतदान लक्षित ४वटै निकायका ३ हजार वरावर सुरक्षाकर्मी मतदान केन्द्रमा खतिएका छन् । जस मध्ये नेपाली सेनावाट ५ सय ५०, नेपाल प्रहरीवाट १ हजार ५०, शसस्त्र प्रहरीवाट ९ सय र म्यादी प्रहरीवाट ९ सय ९० जनालाई खताइएको जिल्ला प्रशासन कार्यलय प्युठानले वताएको छ । जिल्लामा शसस्त्र प्रहरी प्रयाप्त नभएकाले आवश्यकता परिपुर्तीको लागि जिल्ला वाहिरवाट करिव ८ सय ९६ जना शसस्त्र प्रहरीलाइ जिल्ला भित्र्याइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनु भएको छ ।
त्यस्तै जिल्लाका सवै मतदान केन्द्रमा अनुगमनको लागी जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितीको टोली खतिएको र अनुगमनको क्रममा कुनैपनी आचारसंहिता उल्लँघणको घटनाहरु नभेटिएको वताइएको छ । साथै अनुगमनको क्रममा मतदाताहरुले उत्साह पुर्ण ढङ्गवाट मतदाता परिचय पत्र र मतदाता शिक्षा लिइरहेको देख्दा स्थानिय तह निर्वाचन प्युठानमा शान्त र उत्साह जनक तरिकाले सम्पन्न हुनेमा कुनै संका नरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले वताउनु भएको छ ।

Post a Comment

Previous Post Next Post