गोविन्द विश्वकर्मा, स्वर्गद्वारी जेठ २५ । गते प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं ७ बेल्वास तापा निवासी वर्ष ५९ का तोयराम घर्ति मगर माडी नदिमा मृत अवस्थामा फेला परेका छन ।
बुधवार वेलुका घरवाट माछा मार्ने जान्छु भनि निस्केका मगर साझँ सम्म घरमा नफर्किएपछी परिवारले खोजी गर्दा विहिवार विहान भिंग्री जुलुके नजिकैको माडी नदिमा मृत अवस्थामा भेटिए पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए।प्रहरी घट्ना स्थलमा गएर शवको उद्धार गरी इलाका प्रहरी कार्यालय भिंग्रीमा राखेको छ , प्रहरीका अनुसार सवलाई स्वास्थ्य चौकी भिंग्रीमा पोष्टमार्टम पछि सव परिवारलाई जिम्मा लगाइने इलाका प्रहरी कार्यालय भिंग्रीका प्रहरी सहायक निरिक्षक तिलक बहादुर रोकाले जानकारी दिनुभयो ।
Post a Comment