Header Ads

स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर स्वर्गद्वारी नगरपालिकामा नेकपा एमालेवाट मेयर पदका उम्मेद्वार बन्नु भएका नेत्र बहादुर रोकाय संग तपाई नगरपालिकाको मेयरमा निर्वाचित भएपछी यहाँका संमभावना, चुनौती विकास निकास केके हुन भनेर गरिएको समसामयिक कुराकनीको सम्पादीत अंशहरु


स्वागत छ तपाइलाई ? 
धन्यवाद
चुनाव नजिकिदै छ के छ माहोल चुनाव कत्तिको लागेको छ ?
अवस्यपनी दुई दशपछी हुन लागेको स्थानीय तहको चुनाव अहिले हुदै छ यो नेपाल र नेपाली जनताहरुका लागि ठुलो उपलब्धिको कुरा हो त्यसैले निर्वाचनको मिति नजिकिदैछ प्रचारप्रसार जनताहरु संग निरन्तर भेटघाट घरदैलो अभियान चलिरहेकै छ संम्रगमा भन्नु पर्दा चुनावको माहोलले छोएकै छ ।
नेकपा एमालेको संगठन अर्थात सम्रग पार्टीको अवस्था के छ स्वर्गद्वारी नगरपालिकामा ?
नेकपा एमालेको यस नगरपालिकामा संगठन अन्य पार्टीहरुको तुलनामा असाध्यै मजुबुत छ पछिल्लो समय नेकपा एमालेले गरेका क्रियाकलाप जनताप्रति उत्तरदायीका भावना एमालेको विचार, नीति, सिद्धान्त राष्ट्रियता, जनजीविका, आर्थिकको सवालमा लगायतका प्रभावले नेता कार्यकर्ताहरुको देखिएको जनलहरका कारणले पनि हाम्रो संगठन यस नगरपालिकामा दावाका साथ भन्छौं अन्य पार्टीहरुको भन्दा माथी मजबुत सबल र क्रियाशिल छ  ।
नेकपा एमालेले तपाइलाई मेयरको पदमा उम्मेद्वारी घोषणा गरिसकेपछी तपाइले यहाँ बाजी मार्ने सक्ने आधारहरु केके हुन ?
सर्वप्रथम त नेकपा एमाले स्वर्गद्वारी नगरपालिकामा सक्षम, सफल, सबल नेतृत्वहरु पनि छ र शुवेच्छकहरु पनि छन त्यसो भएको हुनाले अव हामी कमजोर छैनौ हामीले चुनाव जित्न सक्छौं त्यसैगरी हाम्रा भिजनहरुका साथै वास्तविक बस्तु स्थिती केहो त यसलाई कसरी आर्थिक समृद्धिमा लान सकिन्छ त यहाँका जनतालाई समृद्ध कसरी बनाउन सकिन्छ भन्ने खालका एजेण्डाहरुलाई लिएर हामी अगाडी बढिरहेका छौं साथै यस क्षेत्रको आमूल परिर्वनको मुद्दालाई लिएर अगाडी बढेकाले हाम्रो जित सुनिश्चित छ । अर्काे कुरा मैले विगत लामो समय देखि गर्दै आएको विभेद रहित सामाजिक सेवाले पनि मलाई धेरैको साथ सहयोग र सर्मथन गर्नुभएको छ जनताको साथ र सहयोगले गर्दा हाम्रो जित सुनिश्चत छ भन्ने कुरामा हामी ढुक्क छौं ।

तपाईहरुको विजय पछि स्वर्गद्वारी  नगरपालिकामा हुने परिर्वतन केहो ? कस्ता योजनाहरु लिएर आउनुहुन्छ ?
हामीले यहाँको जनजीविका देखि लिएर आर्थिक समृद्धि कुषिमा आधुनिकिरण, पशुपालनमा अनुदानको प्रयाप्त उपलब्धता शैक्षिक क्षेत्रको गुणस्तरमा प्रभावकारीता यूवा स्वरोजगार कार्यक्रम विदेशियका यूवाहरुलाई नेपालमै केही गरी खाने वातावरण तयार गर्न यहाँको हरेक वडामा विकास निर्माण, यहाँ उपलब्ध स्रोत साधनहरुको उचित सदुपयोग गरेर प्रयाप्त मात्रामा विकासका कुराहरु हाम्रो मुख्य प्राथमिकतामा रहन्छ, सम्रगमा भन्नु पर्दा स्वर्गद्वारी नगरवासिहरुलाई विभेद रहित भावनाले विकास, निकास, निर्णय, न्यायको कुरालाई सन्तुलनमा राखेर समृद्ध स्वर्गद्वारी नगरपालिका बनाएर चिनाउने छौं ।
अव यहाँका अधिंकास जनताहरुले नगरपालिका त भयो तर राज्यले कर वढि उठाउने र जनतालाई मारमा पार्ने काम हो भनेर विश्लेषण गरिरहेका छन अव आउने जनप्रतिनिधिले यस कुरालाई बुझ्न जरुरी छ कि छैन ?
अवस्यपनी आउने प्रतिनिधिले यि कुराहरुलाई ठिक सन्तुलनमा राख्न आवश्क देखिन्छ म भन्न चाहान्छु यदि हामी नेतृत्वमा पुग्यौ भने जुन करको कुरा छ यसलाई साविककै दरमा राखिने छ जनता माझमा अहिले एकखालको भ्रम सिर्जना भइरहेको छ । म यसलाई प्रष्ट पार्ने चाहान्छु त्यसो हुदैन कर बढ्ने भनेको ठुला उद्योगी, व्यापारी, व्यापार व्यवसायहरु संग अलि बढि उठाउने र गा्रमिण भेग अर्थात दुर दराजका जनताहरुवाट कम लिने र सन्तुलनमा राख्ने बनाउछौं । सम्रगमा यस नगरपालिकाको समान आर्थिक समृद्धि तिर लाग्नेछौं र सबै वडाहरुको विकासका लागि हामी प्रतिवद्ध रहने छौं यो प्रतिवद्धता सबै जनता समक्ष गर्न चाहान्छौं ।
प्यूठान जिल्लाकै प्रसिद्ध तथा नेपालको सात धाम मध्यको एक स्वर्गद्वारी यहि नगरपालिकामा रहेको छ यहाँको विकास संभावना र चुनौतीका विषयलाई कसरी लिनुभएको छ  र पर्यटन पर्वद्धन गरी आर्थिक अबस्था सुधार्न के गर्न सकिएला ?
स्वर्गद्वारी पवित्र धार्मिक स्थल र प्रमुख पर्यटकीय स्थल हुदाँ हुदै पनि हामीले स्वर्गद्वारीलाई स्वर्गद्वारी बनाएर उपयोग गर्ने सकिरहेका छैनौं भर्खरै मात्र हाम्रो पार्टीका उपाध्यक्ष बामदेव गौतमले स्वर्गद्वारीको विकासको लागि एउटा गुर–योजना बनाउने भिजन लिनुभएको छ जस्तै स्वर्गद्वारीलाई एउटा पर्यटकीय मार्गको रुपमा निर्माण गर्ने त्यहाँ भियू टावरहरु निर्माण गर्ने त्यति मात्र नभएर स्वर्गद्वारीको आफ्नै संस्कार र संकृति र मौलिकता छ  हो यि कुराहरुलाइै बचाउदै त्यहाँको अबस्थामा कुनै पनि बाधा नपुग्ने गरी पर्यटकहरुलाई केही दिन भूल्न सक्ने खालको वातावरण सिर्जना गर्ने सकिन्छ अहिले आन्तरीक तथा बाह्य पर्यटकहरु आउने र जाने मात्र भएकाले यसलाई स्थायित्व राख्नको लागि उनीहरुलाई केही दिन यतै भूलाउन सक्ने संरचनाहरुको निर्माण र उत्तर तिरका हिमश्रृखलाहरुको अवलोकनका लागि भियूटावरहरु निर्माण गरेर यहाँको पर्यटन पर्वद्धन गरी आर्थिक लाभ लिन सकिन्छ स्तरीय रिसोटहरुको निर्माण गरेर यस क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न सकिन्छ ।
अव यहाँ नगरपालिका भैरहदा विकास र वस्ती निर्माणका कुराहरु अव्यवस्थित रुपमा 
भैरहेका छन यसलाई कसरी लिनुभएको छ ?
हो यो तपाईले उठाउनु भएको कुरा असाध्यै राम्रो हो जहाँ उत्पादन हुने ठाउँ छ जहाँ उत्पादनहरु हुन्छन त्यस्ता ठाउँहरुमा अनियन्त्रित रुपमा वस्ती बसाउने कार्यहरु भैरहेका छन त्यसमा पनि विशेष गरेर वडा नं. ४ जुन स्वर्गद्वारी नगरपालिकाको प्रमुख बजार अर्थात मुटु भनेर चिनिने भिंग्री बजारमा अलि बढि वस्ती विकास भएका छ तर अन्य वडाहरुको कुनै पनि ठाउँमा यस्तो भएको छैन र यो नगरपालिकाको प्रमुख स्थान भएकाले पनि अन्य वडाहरुवाट आएर पेशा गर्ने व्यापार व्यवसायी गर्ने उद्योग कलकारखान स्थापना गर्ने गरेकाले पनि अलि कति खेति योग्य जमिन नाश भएको छ अव हामी त्यसो गर्दैनौ र गर्ने दिदैनौं अवका दिनमा यस्ता ठाउँहरुमा वस्ती निर्माणको कार्यलाई रोकेर जहाँ खेतिको लागि खोति योग्न जमिन छैन त्यहाँ वस्ती बसाउने र उत्पादका लागि उर्वर भूमिमा उत्पादन गर्नेको लागि दवावका साथै स्थानीयहरुलाई प्ररेरित गर्छाैं ।
अत्यमा के भन्न चाहानुहुन्छ ?
अवसरको लागि धन्यवाद तपाई सबै परिवारलाई र सुचना समाचार सम्प्रेषण गर्ने क्रममा कसैलाई पनि विभेद नगरेर जनताहरुको पहँुचमा पु¥याउनमा केन्द्रित रहोस तपाईको पत्रकारीता साथै यस क्षेत्रका संभावना चुनौती र अवसर के हुन भन्ने कुराको पहिचान गरेर सत्य तथ्य समाचार गरोस् भन्न चाहान्छु र स्वर्गद्वारी नगरवासिहरुलाई के भन्न चाहान्छु भने तपाईहरुले निर्वाचनमा भाग लिनुस् आफ्नो प्रतिनिधि आफै छनोट गर्नुहोस् कसैको प्रलोभन र भ्रममा नपरेर आफूले मनले चाहेका उम्मेद्वारलाई मतदान केन्द्रमा गएर मत खसाल्नको लागि अनुरोध गर्दछु  ।
हवस् आफ्नो व्यस्त समयको वाबजुत पनि हामीलाई केही कुराहरु सोध्ने अवसर दिनुभएकोमा तपाइलाई मनै देखि धन्यवादका शब्दभावहरु बोल्न चाहान्छौं ।
तपाईहरुलाई पनि विशेष धन्यवाद मलाई आफ्ना केही भनाई तथा कुराहरु जनताहरुको माझमा लैजानको लागि महत्वपूर्ण भूमिका खेलि दिनुभयो  त्यसका लागि सबै माडीखवर परिवारलाई मनै देखिनै धन्यवादका शब्दभावहरु बोल्दै यस माडीखवर पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दै बिदा हुन्छ हवस्त धन्यवाद ।
  

Post a Comment

Previous Post Next Post