Header Ads

गोविन्द विश्वकर्मा स्वर्गद्वारी जेठ २२, ४५ औं विश्व वातावरण दिवसको अवसरमा स्वर्गद्वारी नगरपालिका ५ सारीमा रहेको उमा महेश्वरी विद्यालमा विद्यालय परिसरमा सरसफाई तथा वृक्ष रोपण कार्यक्रम गरिएको छ ।
विद्यालयको आयोजना आयोजना तथा आड्रा नेपाल, रुपान्तरण, फूलवारी एकिकृत ग्रामिण विकास संस्थाको साझोदारी कार्यक्रम सु – शासन तथा जिविकोर्पाजन ‐ गोल) परियोजनाको सहयोगमा कार्यक्रम गरिएको आयोजकले बताएको छ ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, बाल क्लवको उपस्थितीमा रहेको थियो प्रकृति संगको सम्बन्ध रहिरहोस् अनन्त भन्ने मूलनाराका साथ कार्यक्रको गरिएको गोल परियोजनाका फिल्ड अधिकृत मोहन सुवेदीले जानकारी दिनुभयो ।
साथै कार्यक्रममा गोल परियोजनाले विद्यालयलाई दुइ वटा फोहोर फाल्ने कन्टेनर समेत उपलब्ध गराएको छ । साथै कार्यक्र वेल्वासमा पनि गरिने आयोजकले बताएको छ साथै सोमवार देशभरीनै ४५ औं वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

Post a Comment

Previous Post Next Post