Header Ads

स्वर्गद्वारी प्यूठान,बैशाख ११
गत विहिवार देखि सुरु भएको महिलाहरुको पाठेघर खस्ने समस्याको निःशुल्क उपचार सम्बन्धी ६ दिने स्वास्थ्य शिविरमा मंगलवार सम्म ४७ जना महिलाको शल्यक्रिया गरिएको छ ।
बुधवार ५ जनाको शल्यक्रिया गरिने अस्पताल स्रोतले जनाएको छ । नजिकैको क्षेत्रवाट जोखीमपूर्ण सल्यक्रिया सफल गर्न पाउदा स्थानीय खुसी व्यक्त गरेका छन, शिविरमा प्यूठानका अधिकाश क्षेत्रका र रोल्पाबाट पनि सेवाग्राहीहरु आएर सेवा लिइरहेका छन ।
शिविर बैशाख ७ गते अर्थात गत विहिवार देखि सुरु भएको हो शिविर बैशाख १२ गते बुधवार सम्म संचालन हुने छ । यदि सेवाग्राही थपिएमा र समयको कम परेमा शिविरलाई एक दिन थपिने अध्यक्ष यादव श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय प्यूठान प्राथमिक स्वास्थ्य केन्द्र भिंगीको आयोजना तथा नेपाल गञ्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा संचालन भएको हो ।

Post a Comment

Previous Post Next Post