भिंग्री र नयागाउँ स्रोत केन्द्र अन्तरगतका फोकल शिक्षकहरुलाई विद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धी १÷१ दिने तालिम भिंग्रीमा सोमवार सम्पन्न भएको छ ।
जिल्ला शिक्षा कार्यालय प्यूठान, जिल्ला स्वास्थ्य कार्यालय प्यूठानको आयोजना तथा सेभ ड चिल्ड्रेनको सहयोगमा तालिम सम्पन्न भएको हो ।
विद्यालयका बालबालिकाहरुका निम्ती बालबालिकाहरुमा पोषणमा सुधार स्वास्थ्य परिक्षण सम्बन्धी बालबालिकाहरुका फोकल शिक्षकलाई जानकारी गराउने उदेश्यले तालिम संचालन गरिएको बताइएको छ ।

तालिममा संस्थागत तथा सामुदायिक विद्यालयका ५७ जना जना फोकल शिक्षकहरुको तालिममा सहभागिता रहेको थियो, तालिममा विद्यार्थीलाई आइरन एसीड र जुकाको औषधी आखा, दात, कान परिक्षण गर्ने तरिकाको वारेमा प्रशिक्षण दिइएको थियो ।
तालिमको सहजिकरण स्रोत व्यक्ति बल बहादुर रोकाय, उदयपुर स्वास्थ्य चौकी इन्चार्ज नारायण जि.सि. प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीका सिनियर अ.हे.ब चुरामणी पोख्रेलले गर्नुभएको थियो ।
Post a Comment