Header Ads

स्वर्गद्वारी प्यूठान, बैशाख ११

सरकारले विद्यालयमा पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा ल्याउन धेरै लगानी गरिरहेको बेला प्यूठानको मल्लरानी गाउँपालिकाकी एउटी किशोरी अझै पनि बन्चित बिद्यालयको पहँच भन्दा बाहिर रहनु परेको छ ।
प्यूठानको मल्लरानी गाउँपालिका ४ कसेरी बस्ने १७ वर्षिय सविता श्रेण्ठलाई पढ्ने रहर हुदाहुदै पनि कक्षा ६ मा पढ्दापढ्दै कक्षा छोडनु परेको सविताले बताएकी छिन देविले छोएको बताउने सविता स्कुलमा पढ्न जादा रजस्वला भएको र जुठो सुत्का परेका व्यक्तिले छुदा शरिर अप्ठेरो हुने शरिर काम्ने हुदा स्कुल पढ्न छोडेको उनले बताएकी छिन ।

सविताले आफू पहिले सानो हुदा पढेर ठुलो मान्छे बन्ने सपना बोकेको कुरा बेला बेलामा ति कुराको सम्झनाले सताउने गरेको बताउदै दैवको संयोग चाहेर पनि केही गर्न नसकिने उनको भनाई छ ।
विगत तिन वर्ष पहिले सविताले आफूलाई स्वस्तानी देविले छोएको बताउने र आफै कामेको वेला मन्दिरमा वसेपछि आफुलाई निको हुने भनेपछि सविताको परिवारले मन्दिर बनाएर सवितालाइ राखेको सविताका दिदि अम्विका श्रेण्ठले जानकारी दिनुभयो ।
घरको आर्थिक अवस्था कमजोर भएकाले पनि आफ्नो अनुकूल वातावरण मिले अझै पनि पढेर केही गर्ने सोच वनाएको सविताको भनाई छ ।
उनको भविष्य माथी जिल्लाका सरोवकारवाला निकायहरुले ध्यान दिन र खोजि गरेर उचित व्यवस्थापन गर्ने जरुरी छ ।

Post a Comment

Previous Post Next Post