बैशाख ६ गते देखि सुरु भएको महिलाको पाठेघर खस्ने सम्बन्धी समस्याको निःशुल्क उपचारको अन्तिम दिन १२ गते मंगलवार सम्म ५१ जनाको सफल सल्यक्रिया गरिएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेको प्राविधिक सहयोग तथा मध्यपश्मिाञ्चल क्षेत्रिय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत, जिल्ला स्वास्थ्य कार्यालय प्यूठान र प्राथमिक स्वाथ्य केन्द्र भिंग्रीको आयोजनामा शिविर आयोजना गरिएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र भिंगीमा भएको ६ दिने शिविरमा प्यूठानका ४६ जना र रोल्पाका ५ जना गरी ५१ जनाको शल्यक्रिया गरिएको अस्पाताल स्रोतले जनाएको छ ।
शिविरमा पाठेघरको मात्रा सल्यक्रिया नभएर तल्लो पेट दुख्ने जस्ता सामान्य समस्या भएका विरामीले समेत विशेषज्ञ सेवा लिन पाएका छन । सल्यक्रिया गरिएका सबै विरामीहरुको पाठेघर पूर्णरुमा खसेको डा. राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
डा. पौडेलका अनुसार अन्य ठाउँको तुलनामा यहाँ पाठेघर खसेका महिलाहरुको संख्या दोब्वर रहेको बताउनुभयो । विशेष गरी यो पहाडी क्षेत्र भएकाले पनि सानो उमेरमा बच्चा जन्माउनु भारी धेरै बोक्नु, सुरक्षित तरिकाले स्वास्थ्य संस्थामा सुत्केरी नगराउनु घरमै जथाभावी रुपमा सुत्केरी गराउन खोज्नु लामो समय सम्म कब्जीयत रही रहनु जस्ता समस्याले गर्दा पहिलाको पाठेघर झर्ने डा. पौडेलले बताउनुभयो ।
Post a Comment