Header Ads

स्वर्गद्वारी प्यूठान, बैशाख १२
जिल्ला पशु सेवा कार्यालय प्यूठानको आयोजनामा बैशाख १६ गते शनिवार एक दिने पशु स्वास्थय शिविर संचालन हुने भएको छ ।
स्वर्गद्वारी नगरपालिका वडा नं ५ साविको सारी गाविसमा शिविर संचालन गरिने जिल्ला पशु सेवा कार्यालय प्यूठानले जानकारी दिएको छ ।
ग्रामिण भेगका पशु पालक कृषकहरुलाई निःशुल्क रुपमा सेवा प्रदान गर्ने पशुहरुलाई नियमित चेक जाँच, खोप औषधी सेवन गर्नु पर्छ भनेर जागरुक गराउनको लागि र ग्रामिण क्षेत्रमा रहेका कृषहरुलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिएको जिल्ला पशु सेवा कार्यालय प्यूठानका प्रमुख डा. शरण कुमार पाण्डेले जानकारी दिनुभयो ।
शिविरमा गोवर परिक्षण, औषधी वितरण, रोगी पशुहरुको चेक जाँच, पशु बन्ध्याकरण कृषकहरुलाई विशेषज्ञ द्धारा परामर्श सेवा दिनइने स्वर्गद्वारी नगरपालिका वडा नं ५ का पशु सेवा प्राविधिक जुद्ध भण्डारीले जानकारी दिनुभयो ।

Post a Comment

Previous Post Next Post