Header Ads

बैशाख ११ स्वर्गद्वारी प्यूठान, बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्यूठाका दुई नगरपालिकाको बोर्ड फालेका छन ।
पार्टीको कार्यक्रम अनुसार बोर्ड फालिएको नेपाल कम्युनिष्ट पार्टी प्यूठानका सेक्रेटरी दधिराम सुवेदीले जानकारी दिनुभएको छ ।
सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन अस्वीकार गरेर खारेजको निर्णय गरेको सो पार्टीले सरकारका गतिविधिहरुको विरोध गर्दै आएको छ ।
पछिल्लो समयमा निर्वाचन विरोधी क्रियाकलापहरु व्यापक भइरहेको वेला स्थानीय तहको बोर्ड हटाउने कार्यलाई पार्टीले अर्थपूर्ण रुपमा हेरिएको पार्टी स्रोतले जानकारी गराएको छ ।
इलाका प्रहरी कार्यालय भिंगीका अनुसार नगरपालिकाको बोर्ड नभएको र सो स्थलमा नेपाल कम्युनिष्ट पार्टीको निर्वाचन खारेजी लेखेको पर्चा भेटिएको जानाएको छ ।

1 Comments

  1. कथित स्थानीय चुनाव खारेजको अभियानमा सम्पूर्ण कमरेडहरुलाई शसक्त रुपमा आ आफ्नो कार्यक्षेत्रमा खट्न हार्दिक अपील छ।

    ReplyDelete

Post a Comment

Previous Post Next Post