Header Ads

स्वर्गद्वारी (प्यूठान) आसन्न स्थानीय तहको निर्वाचनमा ढुक्कका साथ भोट हाल्नको लागि जनतालाई सुरक्षा प्रदान गर्न जिल्ला न्यायाधिस तथा मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले प्रहरी जवानलाई निर्देशन दिनुुभएको छ ।
स्थानीय निकायको चुनावमा जानु भन्दा अगाडी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले जिल्ला प्रहरी कार्यालय प्यूठानमा कार्यरत प्रहरीको लागि संचालन भएकोे तालिमको उदघाटनमा मुख्य निर्वाचन अधिकृत न्यौपानेले यस्तो निर्देशन दिनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानमा कार्यरत ६७ जना प्रहरी हवल्दार तथा जवानलाई निर्वाचनको लागि समुदायमा जानु भन्दा अगाडि तालिम प्रदान गर्न लागिएको हो । तालिम ४ दिन सम्म चल्ने छ । तालिम सकिएपछि तालिम प्राप्त जवान समुदायमा परिचालन गरिने जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ । तालिमको सहजीकरण प्रहरी नायव निरिक्षक ढुन्दिराज अधिकारी र प्रहरी निरिक्षक चक्र मल्लले गरिहनु भएको छ ।

Post a Comment

Previous Post Next Post