Header Ads

स्वर्गद्वारी (प्यूठान) महिलाको पाठेघर खस्ने समस्याको निःशुल्क उपचार सम्बन्धी  ६ दिने स्वास्थ्य शिविर विहीवार देखि स्वर्गद्वारी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा सुरु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेको प्राविधिक सहयोग तथा मध्यपश्मिाञ्चल क्षेत्रिय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत, जिल्ला स्वास्थ्य कार्यालय प्यूठान र प्राथमिक स्वाथ्य केन्द्र भिंग्रीको आयोजनामा शिविर आयोजना गरिएको हो ।
शिविरको उद्घाटन प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले गर्नुभएको थियो । प्राथमिक स्वास्थय केन्द्रका अध्यक्ष यादव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका  डाक्टर कृष्ण शाह रहनुभएको थियो ।
शिविर पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुको निःशुल्क उपचार गरिनेछ शिविरमा रोल्पा जिल्लाका र प्यूठान जिल्लाका अधिंकाश सेवाग्राहीहरुले सेवा लिने अपेक्षा गरिएको छ ।

Post a Comment

Previous Post Next Post