Header Ads

स्वर्गद्वारी ‐प्यूठान) सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गरे संगै यति बेला गाउँपालिका तथा नगरपालिका निर्वाचनमय बनेका छन । प्यूठान जिल्लामा राज्य पुनःसंरचना अन्तरगत स्वीकृत भई बनेको स्वर्गद्वारी नगरपालीकामा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले र नेपाली काँग्रेसले स्वर्गद्वारी नगरपालिकामा नगर मेयरको लागि उम्मेद्वार घोषण गरेका छन ।
नेकपा एमाले नगरपालिकाको मेयरको लागि पार्टीले नेत्र वहादुर रोकायलाई नगर मेयरको उम्मेद्वारी बनाएको छ । भने अधिंकास वडाहरुमा वडा अध्यक्षहरुको पनि टुंगो लगाएको छ र केहि वाँकी रहेको वडामा छिट्टै लगाउने एमाले स्रोतले जानकारी गराएको छ ।
यस्तै स्वर्गद्वारी नगरपालिकामा प्रमुख दावेदारको रुपमा रहेको राष्ट्रिय जनमोर्चाले नगरपालिकाको मेयरको उम्मेद्वार विर बहादुर पुनलाई निश्चित गरेको छ । भने वडा अध्यक्षहरुको लागि पार्टीमा छलफल भइरहेको र केही दिन भित्रमा नै टुंगो लगाई सक्ने राजमो स्रोतले जानकारी गराएको छ ।
उता नेपाली काँग्रेसले स्वर्गद्वारी नगरपालिकामा नगर मेयरको उम्मेद्वारीमा टेकप्रसाद भण्डारीलाई घोषणा गरेको छ भने वडा अध्यक्षहरुको टुंगो लगाउनको लागि पार्टीमा छलफल भइरहेको र अवको केहि दिनमै वडा अध्यक्षहरुको पनि उम्मेद्वारी निश्चित गर्ने काँग्रेस सा्रेतले जानकारी दिएको छ ।
मओवादी केन्द्रले भने अझै सम्म पनी नगर मेयरको उम्मेद्वारी निश्चित गर्ने सकेको छैन नगर समितिका उपाअध्यक्ष पद्म भट्राईका अनुसार माओवादी केन्द्रले आउदो शनिवार वैशाख ९ गते नगर मेयर लगायत सबै वडाका वडा अध्यक्षहरुको टुंगो लगाउने जानकारी दिनुभएको छ ।
स्वर्गद्वारीमा प्रमुख दावेदारको रुपमा रहेका दलहरु राजमो नेकपा एमाले माओवादी केन्द्र नेपाली काँगे्रसले बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

Post a Comment

Previous Post Next Post