Header Ads

नेपाली लोकदोहोरीको इतिहासमा फरक पहिचान बोकेर एउटा नयाँ गीत यति वेला सांगीतिक बजारमा आएको छ ।
रोहित मल्ल र आयूष अनु पुनको पहिलो लोकदोहोरी गीतको बोल हो दर्शन दुङगा जो गीतले यति वेला चर्चा परिचर्चा बटुली रहेको छ ।
बहुर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, खेम सेञ्चुरी र जानुका तामाङको सुमधुर स्वरमा सजिएको यस गीतमा आयूष अनु पुनको शब्द र रोहित मल्लको संगीतमा यो गीत तयार पारिएको हो ।
कुलेन्द्र विश्वकर्मा, अनिता बुढाथोकी र मोहन शाहको कारुणीक अभिनयमा रहेको यस म्यूजिक भिडियोलाई संस्कृति म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।
चर्चित निर्देशक कपिल लामाले यस म्यूजिक भिडियोको निर्देशन गर्नुभएको छ भने छांयाकन करण चैसियरले गर्नु भएको छ र भिडियोको सम्पादन बिष्णु शर्माले गर्नुभएको छ । गीत सफल बनोस हाम्रो स्वर्गद्वारी अनलाईनको तर्फवाट हार्दिक शुभकामना ।

Post a Comment

Previous Post Next Post