Header Ads

पछिल्लो समय एक पछी अर्काे सफल कोेसेली पस्किदै आएकी रोल्पाली गायिकाको नाम हो भुमसरी पुन ।
उहाँले आफ्ना दर्शक श्रोताको लागि नयाँ गीत बजारमा ल्याउनु भएको छ । गामबेसी म्यूजिक प्रालिको प्रस्तुतीमा गायिका भुमसरी पुनले फेशबुकमा एड गर नामक छमछमी नचाउने गीत बजारमा ल्याउनुभएको छ ।
चर्चित लोक तथा दोहोरी गायक रामजी खाँण र भुमसरी पुनको सुमधुर आवाजमा रहेको यो गीतमा लय शब्द भने रोल्पाली शर्जक नन्द घर्ति मगरको रहेको छ ।
गीतको म्यूजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा र रिना थापाले यस म्यूजिक भिडियोमा दमदार अभिनय गर्नुभएको छ ।
चर्चित निर्देशक अशोक वि.क. को निर्देशन रहेको यस म्यूजिक भिडियोको छांयाकन नवराज उप्रेतीले गर्नुभएको हो भने भिडियो सम्पादन रविन वि.क. ले गर्नुभएको हो ।

Post a Comment

Previous Post Next Post