Header Ads


स्थानीयबासीको सक्रियतामा जिल्लाकै पहिलो खोप क्लिनिक भवन सञ्चालनमा आएको छ। क्लिनिक भवन स्थापनाका लागि स्थानियबासी स्वर्गीय केशर बहादुर अधिकारीको सम्झनामा उनका दाजु डोरबहादुर अधिकारीले १ रोपनी जग्गा निःशुल्क प्रदान गरेपछि स्थानियकै सक्रियतामा काम सुरु गरिएको थियो। अन्ततः महिनौं दिन लगाएर स्थानियबासीहरुले दिनभरीको काम छाडेर आफूहरुलाई पायक नपर्ने स्थानमा रहेको स्वास्थ्य चौकी पुग्नुपर्ने समस्या समाधान गरेका छन्।  

‘गाविसका करिब ६ सय घरधुरीले महिनौंसम्म खोप क्लिनिक निर्माणका लागि काम गरेका छौं। स्वास्थ्य चौकी पायक पर्ने ठाउँमा छैन। हामीलाई त्यहाँबाट सेवा लिन गाह्रो छ। अब भने यहाँका धेरै बालबालिकाहरु यसबाट प्रभावित हुनेछन्। हामी खुसी छौंै,’ स्थानिय युवराज पौडेलले भने। उनले स्वास्थ्य चौकी पायक पर्ने ठाउँमा नभएका कारण यहाँका सबै समुदायहरु मिलेर सोही ठाउँमा क्लिनिकका लागि भवन बनाउन सके जति सहयोग र मेहनत गरेर निर्माण गरेको बताए।
प्यूठानको मल्लरानी गाउँपालिका वडा नं। ३ छाप ९साविकको धरमपानी गा।वि।स०मा जिल्लाकै पहिलो खोप क्लिनिकको सोमबार उद्घाटन गरिएको हो।

गा।वि।समा रहेको स्वास्थ्य चौकी स्थानियहरुलाई पायक पर्ने ठाउँमा नभएकाले उक्त स्थानमा खोप क्लिनिकको स्थापना गरिएको धरमपानी स्वास्थ्य चौकी इन्चार्ज रेशम भुषालले जानकारी दिए । उनले भने, ‘स्वास्थ्य चौकी अलि पायक पर्ने ठाउँमा छैन भन्ने स्थानीयको मागलाई मध्यनजर गर्दै यहाँ भवन बनाइएको हो। स्थानियहरुलाई मैले सहयोगका लागि अनुरोध गरे उहाँहरुले मलाई साथ दिनुभयो।’

उक्त खोप क्लिनिकबाट साविकको गा।वि।सका ४,५ र ६ वडाका स्थानिय लाभान्वित हुनेछन्। बैशाख महिनालाई खोप महिनाको रुपमा मनाइरहेका बेला क्लिनिक भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय प्यूठानको २ लाख १० हजार, धरमपानी गा।वि।सको ३८ हजार ५ सय रुपैयाँ र बाँकी जनश्रमदानबाट गरी कुल ३ लाख ३८ हजार ५ सय रुपैयाँको लागतमा खोप क्लिनिक भवनको निर्माण गरिएको धरमपानी स्वास्थ्य चौकी इन्चार्ज भुषालले जानकारी दिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख डा।कृष्ण शाहले जिल्लालाई पुर्ण खोपयुक्त घोषणा गरेसंगै कुनै पनि बालबालिकाहरुलाई उनीहरुले लगाउने खोपहरुबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ धरमपानीबाट खोप क्लिनिकको सुरुवात गरिएको बताए।साथै उनले  यसलाई दिगो रुपमा टिकाइराख्न र अभियानलाई निरन्तरता दिन यस खोप क्लिनिकले टेवा पुर्याउने आफूले अपेक्षा लिएको बताएका छन्।  त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर विष्णु पोख्रेलले जिल्लाकै पहिलो खोप क्लिनिक भवनको रुपमा सञ्चालनमा ल्याउनका लागि स्थानियले खेलेको भूमिका प्रति आभार प्रकट गर्दै यस क्षेत्रका कुनै पनि बालबालिकाहरु कुनै पनि खोपबाट बञ्चित नहुने अपेक्षा लिएको बताए। यसैगरी वास पत्रकार मञ्च प्यूठानका संयोजक नोमराज पौडेलले जनताले गरेको काम प्रशंसनिय भएको भन्दै खोप लगाउन पाउने बालबालिकाको अधिकारप्रति अभिभावकहरु सचेत हुनुपर्ने बताए।

उक्त खोप क्लिनिक प्रत्येक महिनाको एक दिन ४ गते खुल्नेछ । कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो। प्यूठान मध्यपश्चिमकै पहिलो पूर्ण खोपयुक्त घोषणा भएको जिल्ला हो । स्वास्थ्य खवरवाट

Post a Comment

Previous Post Next Post