Header Ads

स्वागत छ तापईलाइ माडीखवर साप्ताहिकमा ?
-धन्यवाद
सर्वप्रथम त तपाईको नगरपालिका प्रमुखमा रहको उम्मद्वारी विजयको अग्रीम शुभकामना ?
- मेरोे तर्फवाट पनि तपाई लगायत सबै माडीखवर परिवारलाई नयाँ वर्षको हार्दिक मंगलयम शुभकामना व्यक्त गर्दछु ।
तपाईको पार्टीले तपाईलाइ नगर प्रमुखमको रुपमा अगाडी सारेको छ कस्तो छ तयारी चुनाव नजिकिदै छ ?
अवस्यपनी मलाई राष्ट्रिय जनमोर्चाले यस स्वर्गद्वारी नगरपालिकामा नगर प्रमुखको लागि निश्चित गरेको छ । हाम्रो सम्पूर्ण तयारीहरु भइरहेका छन यहाँको सन्र्दभमा हामी अन्य पार्टीहरुको तुलनामा अगाडी नै छौं हाम्रा शुभचिन्तक त्यसैगरी संगठनात्मक आधारमा ।
तपाईहरुले स्वर्गद्वारी नगरपालिकामा प्रमुख दावेदार भनिरहदा कस्तो छ नगरपालिकामा तपाईहरुको दावी र संगठनको अवस्था ?
-हाम्रो यो स्वर्गद्वारी नगरपालिकामा जनाधार बलियो छ, सांगठनिक आधारमा अन्य पार्टीको भन्दा पनि सांगठनिक मत वलियो छ म यो दाबी गर्न चाहान्छु ।
राष्ट्रिय जनमोर्चाले स्वर्गद्वारी नगरपालिकामा नगर प्रमुखमा विजय हासिल गरेपछी यस नगरपालिका र नगरवासीहरुले पाउने के – हो ?
हामी यो नगरपालिकाको प्रमुखमा विजय भइसकेपछी यो सबै भन्दा पहिले यो भर्खरै स्वीकृत भएको नगरपालिका हो यहाँको मूख्य विकास भनेको पुर्वाधार विकासहरु नै हुन्छ, त्यसपछी यसको चित्र खाका निमार्ण हुन्छ नगरपालिकाको विकास कसरी गर्ने नगरपालिकालाई कसरी अगाडी वढाउने भन्ने योजना सहित हामीले कार्यक्रम बनाउछौं त्यस भित्र मुख्यत यस नगरपालिकाको केही वडाहरुमा विद्युत पुगेको छैन वाटो पुगिसकेको छैन खानेपानीको सुविधा छैनन् यस्ता पूर्वाधारहरु नपुगेका ठाउँहरुमा अनिवार्य पु¥याने त्यसैगरी यहाँको जीवन स्तर माथी उठाउनको लागि कृषिमा बिशेष जोड कृषिलाई व्यवसायीकरण तथा आधुनिकिरण कसरी गर्न सकिन्छ यो क्षेत्रलाई कृषिको विशेष पकेट नमूना क्षेत्रको रुपमा विकास गर्नको लागि लाग्ने कुरा भयो त्यसपछी पर्यटन किन भने जिल्लाको मूख्य थलो नै यस स्वर्गद्वारी नगरपालिका भएकाले यस पर्यटनलाई पर्यटकीय विकासको निम्ती पहल गर्न कुरा मूख्य रहन्छ यहाँको पर्यटनमा देखिएका समस्याहरुलाई पर्यटन मन्त्रालय पर्यटन बोर्ड संग समन्वय सम्पर्क सम्बन्ध गरेर यहाँको पर्यटनको विकास कसरी गर्न सकिन्छ त्यसको निम्ती प्रयास हुने छ । त्यसैगरी पर्यटन पर्वद्धन गरेर यहाँका जनतालाई जोडेर केही जीवनस्तर माथी उठाने प्रयास गरिन्छ र अर्काे यहाँको जलस्रोत प्राप्त भएकाले यहाँको जलसा्रेतलाई बढि भन्दा बढि सदुपयोग गर्ने प्रयत्न हुने छ यी तिन चिजहरुलाई हामीले मूख्य आधार मानेर यस नगरपालिको विकासको लागि अर्थात यहाँका जनताहरुको जीवन स्तरलाई माथी उठाउनको लागि बढि भन्दा बढि पयत्न हुनेछ ।
यस नगरपालिका गा्रमिण क्षेत्रको नगरपालिका भएकाले विकास गर्नको लागि चुनौतीहरु त धेरै छन नि ?
- यो सोभाविक रुपमा हो तर हाम्रो पहिलो प्राथमिकता नगरपालिकाको आन्तरीक स्रोतहरुलाई व्यवस्थीत परिचालन गरी विकासको कोसिस गरिनेछ त्यसपछी नेपाल सरकारवाट प्राप्त रकम अनि सबै कुराहरुको अध्ययन गरी यहाँका चुनौती के हुन र अवसर के–के हुन तिनीहरुको पहिचान गरी विकासको लागि पहल कदमीका साथसाथै प्रयास गरिनेछ ।
राष्ट्रिय जनमोर्चालाई यहाँका जनताहरुले भोट दिने आधारहरु के–के हुन ?
-राष्ट्रिय जनमोर्चाले विकासका लागि बढि भन्दा बढि कुराहरुको पहल गरेको छ जस्तोकी अव यो नगरपालिकामा भएका न्यूनतम आधारभुत चिजहरुलाई परिपुर्ति गर्ने जस्तो खानेपानी, विद्युत, सडक ढल निकास फोहोर व्यवस्थापन सबै व्यवस्थीत गर्ने त छदै छ त्यसको साथसाथै हामीले यहाँ भएका चीजहरुलाई परिचालन गर्दै जनताको विचमा पारदर्शी ढङगले विना हिनामिना भष्टाचार विहिन तरिकाले त्यो रकमलाई सहि सदुपयोग गरेर हामीले जनताको विचमा काम गछौं भन्ने ढृढ विश्वास छ र विगतका दिनहरुमा पनि हामीले कैयो विकासका कामहरु गरेका छौं जनतालाई स्पष्ट भएको कुरा हो त्यस कारणले गर्दा पनि जनता हाम्रो साथमा छन ।
चुनावको वेलामा पार्टी प्रवेश र परित्यागको कुराहरु अलि व्यापक रुपमा हुने गर्दछन तपाईको पार्टीले यसलाई कसरी लिएको छ ?
-त्यो त अव सोभाविक नै हो चुनावको वेलामा जनताहरुलाई विभिन्न पार्टीहरुले भ्रम पार्ने आफू तिर तान्नको निम्ती प्रयत्न गर्ने झुट्टा आश्वासन बाड्ने त्यस्तो खाले प्रलोभन देखाउने गर्छन तर हाम्रो पार्टीले त्यसो गर्दैन केही विचारमा विहीन एक दुई जना नेता कार्यता आउने जाने क्रम चलिनै रहन्छ यो त पार्टी भएपछी सोभाविक रुपमै चलिरहने प्रक्रिया हो ।
राष्ट्रिय जनमोर्चा नयाँ सत्ताको परिकल्पाना गर्ने पार्टी हो तर यहिलेको व्यवस्थाको पनि त उपयोग गरिहेको छनी के हो ?
-हाम्रो पार्टी एउटा जनताको पार्टी हो किसान मजदुरको पार्टी हो त्यसको निम्ती हामीले भोली जनवादी सत्ता स्थापना गर्नको लागि यो चुनावलाई प्रयोग गरको छौं तर यो नै हाम्रो मूख्य चिज हैन हाम्रो अन्तिम लक्ष्य भनेको समाजवाद र साम्यवादमा पुग्ने त्यसो भएको हुनाले अहिले हामी बैधानिक लडाईमा जनताको जनसंर्षमा आएका छौं यो क्रममा हामीले यो चुनावलाई उपयोग गरेर बढि भन्दा बढि जनतालाई हाम्रो पार्टीमा संगठित गर्नु चेतना स्तर उठाउनु र विकासका कामहरु पनि पर्याप्त मात्रामा गर्ने भेदभावरहित भष्टाचार विहिन तरिकाले जनताहरुलाई प्रत्यक्ष रुपमा अनुभूति हुने गरि काम गरेर देखाउने त्यसैले हाम्रो पार्टी हिजो पनि स्थापित थियो आज पनि स्थापित छ हामी दावाका साथ भन्छौं हाम्रो संगठन अझै वलियो छ । र हाम्रो पार्टीले उत्पीडित, मजदुर, किसान वर्गको मुक्तिको नेतृत्व गर्न सक्छ भन्ने विश्वास जनतामा छ र यो पार्टी जनतालाई छोडेर जादैन सधै जनतासंगै छ राजामो सानो पार्टी भएपनी विचार ठुलो छ महान छ त्यसकारणले गर्दा हाम्रो सगठन जनताको वीचमा स्थापी त छ ।
तपाईहरुको पार्टीले कुनै पार्टी संग चुनावी तालमेल गर्छकी गर्दैन ?
-तालमेलका कुराहरु चलेका छन यो चाही हरेक चुनावमा चल्लने गर्छ अहिले पनि चलिरहेको छ तालमेल सम्भंव भए सम्म गर्ने यदि तालमेल भएन भने पनि हामी मजवुत छौ कमजोर छैनौ त्यसैले हामी एक्लै भएपनी चुनावी मैदानमा जान्छौं सकेसम्म तालमेल कायम होस् भन्ने मेरो सुभेच्छा हो । हामी सफल हुन्छौं
अत्यमा के भन्न चाहानुहुन्छ ?
-मैले अत्यमा के भन्न चाहान्छु भने यो स्थानीय निकायको चुनाव करिव १९÷२० वर्ष पछि यो चुनाव हुदैछ यस्ता चुनाव अन्य चुनावहरु हुने गर्छन र यो अवस्थामा लोभलालच चलखेलका कुराहरु चलिनै रहन्छन रहेका पनि छन हामी त्यसको विरुद्धमा छौं हामी जनताको माझमा झुटा कुरा भन्दा गर्न सकिने काम जनताको माझमा स्पष्ट रुपमा राख्ने तर गर्न नसकिने काम बोलेर हामी जनतालाई झुक्याउन चाहादैनौं त्यसलै यी कुराहरु देखि जनता सचेत हुन जरुरी छ । पहिलेको भन्दा अहिले जनता धेरै सचेत भैसकेका छन त्यसकारण जनताले कुन पार्टीले सहि काम गर्छ जनताको विचमा निरन्तर गइरहन्छ र अहिले अरु पार्टी जसरी जनतालाई आश्वासन बाँडेका छन त्यो सबै झुट्टा हो र जनताले स्पष्ट रुपमा राम्रो काम गर्न पार्टी र उम्मेद्वारलाई पहिचान गरेर मत व्यक्त गरेर विजय गराउनुहुने छ भन्ने विश्वास छ ।
हवस आफ्नो बेस्त समयको बावजुट पनि हामीलाई समय उपलव्ध गराई दिनुभएको मा धेरै धेरै धन्यवाद
-तपाई लगायत माडीखवर परिवारलाई पनि मेरो तर्फवाट धन्यवाद ।
प्रस्तुती गोविन्द बिश्वकर्मा

Post a Comment

Previous Post Next Post