Header Ads

बैशाख ३, स्वर्गद्वारी स्थानीय तह पुनः संरचना अन्र्तगत स्वीकृत भई बनेको स्वर्गद्वारी नगरपालिकामा तुल्सीराम गैरे कार्यकारी अधिकृतमा नियुक्त भई आइतवार देखि औपचारीक रुपमा नियमित कार्य सम्पदानको जिम्मवेवारी सम्हाल्नु भएको छ ।
आइतवार एक कार्यक्रमका विच उहाँले निमित्त कार्यकारी अधिकृत हिमलाल पोख्रेलद्धारा अधिकृत तुल्सी गैरेले कार्यकारी अधिकृतको जिम्मेवारी ग्रहण गर्नुभएको हो । कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत गैरेले साविकको गाविस र अहिलेको स्वर्गद्वारी नगरपालिका केही वडाहरुमा रोकिएको सामाजिक सुरक्षा भक्ता छिट्टै वितरण हुने जानकारी दिनुभएको छ ।
नगरपालिको आफ्नो भौतिक संरचना नभएकाले तत्कालको लागि साविकको भिग्री गाविसको कार्यालयबाट नै सेवा प्रदान गर्ने र विनियोजीत वजेटलाई परिचालन गरी छिट्टैनै आफ्नो कार्यालयवाट सेवा प्रदान गरिने अधिकृत गैरेले बताउनुभयो ।
कार्यक्रममा क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, पत्रकार, बुद्धिजीवी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी, सुरक्षाकर्मी स्थानीय वासिन्दाहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

Post a Comment

Previous Post Next Post