Header Ads

अभिनेत्रीद्वय दीपिका पादुकोण र प्रियंका चोपडाले हलिउडमा आफ्नो करियर सुरु गरिसकेका छन्। प्रियंकाले क्वान्टिको सिरीजबाट आफ्नो हलिउड करियर सुरु गरेकी हुन् भने दीपिकाले XXX: Return of Xander Cage बाट। उनीहरु दुवैलाई अहिले तुलना गरेर प्रतिस्पर्धीको रुपमा हेरिन थालिएको छ। दुवैको हलिउड यात्राबारे विशेषगरी तुलना हुने गरेको छ। उनीहरु दुईबीचको तुलनाको विषयमा हालै दीपिकाले मुख खोलेकी छन्।
दीपिकाले आफूलाई प्रियंका चोपडासँग दाँज्नु उपयुक्त नभएको बताएकी छन्। यूएसए टुडेलाई अन्तर्वार्ता दिने क्रममा उनले प्रियंकासँग आफूलाई दाँजेकोमा ठीक नलागेको बताएकी छन्।
प्रियंका र आफ्नो हलिउड करियरको बाटो र उद्देश्य फरक भएकाले आफूहरुलाई सँगै राखेर हेर्नु उचित नभएको दीपिकाले बताएकी हुन्। उनले भनेकी छन्, 'हरेकको उद्देश्य र बाटो फरक छ। त्यसैले हामीलाई सँगै राखेर हेरेको मलाई राम्रो लागेको छैन।'

Post a Comment

Previous Post Next Post