Header Ads

काठमाडौं, ११ माघ । बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्रमा अनुष्का शर्माको प्रवेश भएको छ । चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपूरले निर्वाह गरेका छन् ।

भारतीय मिडियाकाअनुसार अनुष्काले चलचित्रको सुटिङ सुरु गरिसकेकी छिन् । चलचित्रमा छोटो रोल भएपनि उनलाई ४–५ दिन सुटिङ गर्नमा लाग्ने छ भने उनको भूमिका दमदार रहेको बताइएको छ ।

सञ्जय दत्तको जीवनमा धेरै नायिकाहरुसँग उनको नाम जोडियो । त्यहि मध्यमा अनुष्का एक नायिकाको भूमिका निर्वाह गर्नेछिन् । राजकुमार हीरानीको निर्देशनमा बन्न लागेको चलचित्र अर्को बर्षको क्रिसमसमा प्रदर्शन हुनेछ ।

यसअघि सञ्जय र राजकुमार हीरानी मिलेर ‘मुन्नाभाइ एमबीबीएस’ र ‘लागे रहो मुन्नाभाइ’ जस्ता सुपरहिट चलचित्र बनाइसकेका छन् । सञ्जयको बायोपिक चलचित्रको सुटिङ सकेपछि पुनः दुई मिलेर ‘मुन्नाभाइ चले अमेरिका’को सुटिङ गर्ने बताइएको छ ।

Post a Comment

Previous Post Next Post