Header Ads

एजेन्सी, १० माघ । गिनीज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन त बरु सजिलै होला । तर, गिनीज बुकमा रेकर्ड भएका यी रेर्कड तोड्न सायद कसैले सक्दैन ।

आज हामी यस्ता विश्व रेकर्डका बारेमा जानकारी गराउँछौ । जुन विश्व रेकर्ड न कसैले तोड्न सक्छ, न त हामी यस्तो गर्न नै सक्छौ । हामी अचम्बित हुन्छौ, कि यी मानिसले यस्तो रेकर्ड कसरी बनाए ।

दाह्री र जुँगा प्रतियोगिता सबैभन्दा बढी जितेको रेकर्ड
भनिन्छ्, दाह्री जुँगाले पुरुष पुरुषत्व झल्काउँछ । प्राचीन कालमा शान देखाउनका पुरुषहरुले जुँगा दाह्री पाल्ने गर्थे । तर, अहिले पुरुषहरुले दाह्री जुँगा पाल्नुलाई स्टाइलका रुपमा पनि लिन्छन् । तर, Karl-Heinz Hille ले दाह्री जुँगा प्रतियोगिता ८ पटक जितेर रेकर्ड राखेका छन् ।

सबैभन्दा बढी अण्डा अड्याएर राख्नु
यसो सम्झनुहोस् त, अण्डालाई भुईँमा सिधा राखेर अड्याउनु कति मुस्किल हुन्छ । अमेरिकाका Brian Spotts ले ९०० ओटा अण्डा एकै साथ भुईँमा अड्याएर रेकर्ड राखेका छन् । उनको यो रेकर्ड तोड्न कसैले सक्दैनन् ।

संसारकै सबैभन्दा ठूलो तकिया झगडा
सुन्दा अचम्म लाग्छ तर, २१ जुलाई २०१५ मा अमेरिकामा ६ हजार २ सय ६१ जनाले तकिया हानाहान गरेर रेर्कड राखेका छन् । यो अहिलेसम्मकै सबै भन्दा ठूूलो तकिया झगडा हो ।

टाउकोले ट्वाइलेटका सिट तोड्नु
हामीले अहिलेसम्म यस्तो रेकर्डका बारेमा सुनेका पनि छैनौ । कोही मानिसले ट्वाइलेटको सिट आफ्नो टाउकोले तोडेर रेकर्ड राखेको छ । तर, Kevin Shelle नामका व्यक्तिले सबैभन्दा बढी ट्वाइलेट सिट तोडेर विश्व रेकर्ड राखेका छन् ।

सबैभन्दा ठूलो आकारमा चुइगम फुलाउनु
बाल्यकालमा हामी पनि साथीहरुसँग चुइगम खान्थ्यौं । अनि फुलाउँथ्यौ पनि । हामी सोचेका थियौ त, चुईगम फुलाएर रेकर्ड राख्न सकिन्छ । तर, had Fell ले आफ्नो मुखले सबैभन्दा ठूूलो आकारमा चुइगम फुलाएर रेकर्ड राखेका छन् । यसको आकार ५०. ८ सेन्टिमिटर छ ।

टाउकोमा अर्को व्यक्तिलाई उल्टो राखेर सिढीं चढेर रेकर्ड
कोही मानिस यो तस्विरको देखेर अचम्ममा पर्छन । यी भियतनामका दुई भाईले एक अर्काको टाउको व्यालेन्स गरेर सिढीं चढेरे रेकर्ड राखेका छन । यसरी ९० सिढीं चढ्न यीनिहरुलाई ५२ सेकेन्ड लागेको थियो ।

दाँतले टेबल उठाएर दामो दुरी तय गर्नु
हामी दाँतले धेरै गह्रौं वस्तु उठाउन सक्दैनौ । तर, जर्ज नामका यी व्यत्तिले आफ्नो दाँतले १२ किलोको टेबुुल उठाएर ११.५ मिटर हिडेर रेर्कड राखेका छन् । यीनले ५० किलोकी महिलालाई टेबुुलमा बाएर दाँतले उठाई अर्को रेकर्ड पनि राखेका छन् ।

सुँगाले सबैभन्दा बढी कोल्ड ड्रिक्सको क्यान खोलेर राखेको रकेर्ड
क्यालिफोर्नियामा Zac the Macaw नामक सुँगाले १ मिनेटमा करिब ३५ कोल्ड ड्रिंकको क्यान खोलेर विश्व रेकर्ड राखेको थियो ।

आराको सहयोगले मुखमा कुनै पनि चिज राखेर काट्ने रकर्ड
संयुक्त अधिराज्यका Preacher Maud’dib नामका व्यक्ति १ मिनेटमा कुनैपनि चिज आराको सहयोगले दवाएर काटेको रेकर्ड गिनीज बुकमा दर्ता छ । यो रेकर्ड पनि तोड्न सजिलो छैन ।

Post a Comment

Previous Post Next Post