Header Ads

एजेन्सी: संसारमा धेरै अनौठा तालहरु रहेका छन्। तर के तपाईले पानीमा तैरिदै गरेको ताल देख्‍नु भएको छ? भारत मणिपुरको राजधानी इम्फालदेखि ३९ किलोमिटर दूरीमा रहेको छ लोकतक ताल।
यो संसारकै एक मात्र यस्तो ताल हो जुन स-सनानो भू-खण्ड मिलेको बनेको छ र पानीमा तैरिन सक्‍ने क्षमता राख्दछ।
यो द्वीपलाई फुमदी (Phumadi) को नामले समेत चिनिन्छ। यो तालमा करिब एक लाख बढी मानिस बस्‍दै आएका छन्। यो फुमदी माटो, वोट-विरुवा र जैविक पदार्थ मिलेर जमिन बन्छ। यसले पानीको धेरै भागलाई ढाकेको छ जसलाई अहिले पर्यटकीय नगरीको रुपमा विकास गरिएको छ।
त्यतिमा मात्रै नभएर यहाँ बसोबास गर्ने बासीले तालको पानीलाई जलविद्युत परियोजना, सिँचाई र खानेपानीको रुपमा समेत उपयोग गर्दै आएका छन्।
ताल आसपासमा बसोबास गर्ने स्थानीयको काम माछा समात्‍ने, सानो झुपडी बनाउने हुन्छ।
यसलाई उनीहरुले फुमशोंग्स (Phumshongs) भन्‍ने गरेका छन्। यही फुमशोंग्सले उनीहरु माछा समात्ने कला सिकेका हुन्छन्।फुमदीको सबैभन्दा ठूलो भाग तालको दक्षिण पूर्वीभागमा४० स्क्वायर किलोमीटर सम्‍म फैलिएर रहेको छ। यही भू-भागलाई विश्‍वको सबैभन्दा ठूलो तैरिने पार्क समेत रहेको छ। यसलाई मणिपुरी भाषामा संगई (Sangai)को नामले चिनिन्छ।

Post a Comment

Previous Post Next Post