Header Ads

काठमाडौं । पर्यटन राज्यमन्त्री इन्द्र बाँनियाले जेठको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन हुनेमा कुनै द्वुविधा नरहेको बताएका छन् । सिरहाको एक कार्यक्रमका बीच उनले भने, ‘माघको पहिलो हप्ताभित्रै मिति घोषणा गरियो भने निर्वाचन आयोगले पनि जेठमा चुनाव गराउने कुरामा सहयोग गर्छ ।’

उनले निर्वाचन नहुँदा विकास निर्माणदेखि राष्ट्रिय विकासका प्रमुख मुद्दाहरु ओझेलमा पर्ने भएकाले सक्दो चाँडो राजनीतिक समस्या समाधान गरी निर्वाचनको वातावरण बनाउनुपर्ने बताए ।
उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेको उल्लेख गर्दै प्रतिवेदनलाई लिएर केही झिनामसिना मतभेद भएपनि त्यसलाई दलीय सहमतिमा टुँगो लगाएर नयाँ पूनर्संरचनासहित चुनावमा जानुपर्नेमा जोड दिए ।

सिराहको कार्यक्रम सकेर उदयपुर पुगेका मन्त्री बानियाँले सगरमाथा एयरपोर्टको समेत निरिक्षण गरेका छन् ।

उनले उक्त एयरपोर्ट निर्माणको लागि बजेट व्यवस्थापन भइसकेको र पूर्वी भेगको १ नम्बर प्रदेशको सगरमाथा एयरपोर्ट उत्तम ठाउँमा रहेको समेत बताए ।

जतिसक्दो चाँडो, दुस्त, चुरुस्तका साथ यो निर्माण कार्य अगाडि बढ्ने र समयमा नै सेवा प्रदान गरिने उनले बताए । हाल उदयपुर जिल्ला व्यवसायीक रुपमा फस्टाउँदै जाने उनको विश्वास रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै बेला विमान अवतरण गर्न समस्या भएको बेला उक्त समगरमाथा एयरपोर्टमा ठूला–ठूला विमान समेत अवतरण गर्न सक्ने ठाउँ रहेको उनले बताए । उक्त विमानको क्षेत्र २२ सय मिटर रनवे रहेको छ ।
आन्तरिक उडानमध्ये सबैभन्दा ठूलो उडान सगरमाथा एयरपोर्ट हो ।

उदयपुरको जोगीदह गाविस ६ र ९ वाडाको जंगल फडाँनी गरेर सगरमाथा आन्तरिक विमानस्थल (एयरपोर्ट) बनाउन लागिएको हो ।

Post a Comment

Previous Post Next Post