Header Ads

‘द कपिल शर्मा शो’ भारतमा मात्र नभई नेपालमा पनि उत्तिकै चर्चित छ । कपिल सधैं आफ्नो पाहुनाको विषयमा लाइमलाइटमा हुन्छन् । कपिलको टीभी कार्यक्रमको आइतबारको भागमा योगगुरु रामदेव पाहुनाको रुपमा देखिए ।

कार्यक्रम प्रसारण हुनुपूर्व प्रस्तोता कपिलले आफ्नो ट्वीटर अकाउन्टमार्फत सो कुराको जानकारी दिएको थिए ।

कार्यक्रमका केही तस्बिर पनि सार्वजनिक भएका थिए । यी फोटोमा रामदेव कपिल शर्मालाई बोकिरहेको देख्न सकिन्छ भने अर्कोमा कपिल बाबासँग बच्नका लागि भागिरहेको देख्न सकिन्छ ।

कार्यक्रममा यस्तो हुनेछ खुलासाः

कार्यक्रममा रामदेवले आफ्नो जीवनसँग निकै खुलेर कुरा गर्नेछन् । स्रोतलाई मान्ने हो भने रामदेवले आफूलाई जीवनमा कति जनाले प्रेम प्रस्ताव राखे भन्ने विषयमा पनि कुराकानी गरे । यतिमात्र होइन । कार्यक्रममा रामदेवले कपिल, नवजोत सिद्दु र अन्य सदस्यलाई पनि योग र व्यायाम सिकाए ।

कपिल शर्माले रामदेवको उमेर कति हो भनेर सोध्दा उनले मज्जाले हाँसेर जवाफ दिए, ‘उमेर ती व्यक्तिको सोधिन्छ जसको विवाह गर्नुपर्छ ’

कार्यक्रममा क्रममा आफ्नो जीवनमा घटित एउटा रोचक प्रशंगबारे कुराकानी गरे । उनी भन्छन्, ‘एक दिन शिविरमा एक युवती आउँछिन् र भन्छिन्, ‘बाबा ‘हग’ गर्न चाहन्छु । म गाउँको छोरो ‘हग’ गर्नुछ भने आफ्नो घरमा नै गरेको आएको भए हुन्थ्यो ।’

महिलाले होइन बाबाजी हजुसँगै हग गर्नुछ । मैले उत्तर दिएँ, ‘म खुल्लेआम हग्दिनँ । ’

कपिलले रामदेवलाई अहिलेसम्म कसैले प्रेम प्रस्ताव रोखेको छ । कसैले ‘आई लभ यु’ भनेको छ भन्ने प्रश्न सोध्दा उनले हज्जारौं, लाखौंले आफूलाई ‘आइ लभ यु’ भन्ने गरेको बताए ।

विवाहबारे पनि आफ्नो जीवनमा रोचक प्रसंग भएको रामदेवले बताए । ‘सन् २००४ ताका एउटा शिविरबाट निस्कने बेला थुप्रै मानिसहरुले आफ्नो हात फुकिरहेका थिए । मैले सोचें कुनै रितिरिवाज होला । मैले के गरिरहेको भनेर सोधें । उनीहरुले भने, ‘बाबा हामी तपाईंका फ्यान हौं ।’ अहिले अंग्रेजी थोर सिकेको छु, त्यतिबेला मलाई केही थाहा थिएन । मैले भने फ्यान त पंखा हुन्छ । अनि किन फुकिरहेको छौ त भन्ने प्रश्नको उत्तर आयो, ‘बाबाजी हामी तपाईंलाई फ्लाइङ किस दिइरहेका छौं ।’’

Post a Comment

Previous Post Next Post