Header Ads

लिगको पुछारमा रहेको स्वान्सीले च्याम्पियन बन्ने अभियानमा रहेको लिभरपुललाई गम्भीर धक्का दिएको छ। उसले शनिवार भएको प्रिमियर लिग खेलमा लिभरपुललाई एनफिल्डमा ३–२ गोलले पराजित गरेको छ।
निकै रोमाञ्चक खेलमा दोस्रो हाफमा ५ गोल सम्भव भएको थियो। जसमा ग्याल्फी सिगुड्सनले ७४ मिनेटमा निर्णायक गोल गर्दै स्वान्सीलाई विजय दिलाए। स्वान्सीको एनफिल्डमा यो पहिलो विजय थियो।
यस खेलमा दोस्रो हाफको ७ मिनेटमा लिभरपुलले दुई गोल खाइसकेको थियो। दुवै गोल फर्नान्डो लोरेन्टेले गरेका थिए। तर, १७ मिनेटभित्र दुई गोल फर्काइसकेको लिभरपुल त्यतिबेला स्तब्ध भयो, जब सिगुड्सनले खेल २–२ को बराबरीमा रहेको अवस्थामा १२ मिनेटमा गोल गरे।
यसअघि स्वान्सी सन्डरल्यान्ड र क्रिस्टल प्यालेससँगै रेलिगेशन जोनमा थियो। जीतपछि क्लब १७ स्थानमा उक्लिएको छ।
स्वान्सीका लागि ४८ र ५२ मिनेटमा लोरेन्टेले गोल गर्दै २–० को अग्रता दिलाएका थिए। लगत्तै रोबर्टो फिरमिनोले ५५ र ६९ मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएका थिए।
स्वान्सीसँगको पराजयपछि लिभरपुलको घरेलु मैदानमा १७ खेल अपराजित रहने कीर्तिमान पनि भंग भएको छ। यसअघि लिभरपुलले एनफिल्डमा ११ खेलमा जित र ६ खेललाई बराबरीमा राखेको थियो।
हारपछि लिभरपुल ४५ अंकका साथ लिगको तेस्रो स्थानमा खस्किएको छ। ऊभन्दा माथि चेल्सीको ५२ र टोटेनहामको ४६ अंक छ।

Post a Comment

Previous Post Next Post