Header Ads

बाग्लुङ । बाग्लुङ जिल्लास्थित अधिकारि चौर गाविसको ग्राम समितिको आयोजनामा नेपाली कांग्रेसमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

सोही गाविस खानी गाउँबाट समाजसेवी शेर बहादुर बुढाको संयोजनमा ४४ परिवार, सोहि वार्डको चामिद्वारबाट ज्ञान बहादुर विकको संयोजनमा १३० परिवार, सोही गाविसको वार्ड न. १ बाहुन गाउँबाट ५ परिवार, वार्ड न. ४ ओख्रेनीबाट ५ परिवार र वार्ड न. ६ बाट ३ परिवार गरि जम्मा १८७ परिवारले एमाले, माओवादी र जनमोर्चा परित्याग गरि कांग्रेसमा प्रवेश भएको बाग्लुङ्गबाट स्थानीय तरुण दलका युवा नेता दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

उक्त प्रवेश कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस बाग्लुङ्ग क्षेत्र न. ३ का सांसद ज्ञानकुमारी छन्त्याल, विशिष्ट अतिथिहरु नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु सिंह बहादुर राना, कृष्ण केसी, जित बहादुर शेरचन र सागर छन्त्याल, अतिथिहरु क्षेत्रीय उपसभापति नर्जंग घर्तिमगर, क्षेत्रीय सदस्य दिपेन्द्र श्रेष्ठ र तरुण दलका केन्द्रिय प्रतिनिधि शैलेश घर्तिमगरको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य नेपाली कांग्रेस अधिकारि चौर ग्राम समितिको सचिव जीवन पुनले दिएको थिए भने अधिकारि चौर ग्राम समितिका उपसभापति धन बहादुर अदैको सभापतित्वमा सम्पन्न भएको थिए ।

Post a Comment

Previous Post Next Post