Header Ads

केन्ट ह्यारिङ्टन

एट्लान्टा–हरेकपटक वासिङटन डिसीमा नयाँ राष्ट्रपति आउँदा उसलाई राष्ट्रपति हुन सघाउने सदस्यले प्रशासनमा निकै ठूलो स्थान पाउँछन् । ‘आइरिस भाइचारा’बाट जोन एफ केनेडी राष्ट्रपति हुने र ‘बलिनर्को पर्खाल’ ले रिचर्ड निक्सनलाई पहरा दिएजस्तै नजिकका र भित्रियाहरुले प्रशासनका ठूला हस्तीलाई माथ गरेका छन् । तर, नातावादबाट जतिसुकै ग्रसित भए पनि उनीहरुले मुख्य पदमा पारिवारिक सदस्यलाई स्थान दिएनन् । तर, ट्रम्पको कार्यशैली ठिक योभन्दा उल्टो देखिन्छ ।

ट्रम्पको विगत तथा राष्ट्रपति अभियानलाई विश्लेषण गर्दा उनलाई सहयोग गर्नेमा बाहिरबाट निकै थोरै थिए । यसबाट उनको प्रशासनले लिने निर्णयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मुद्दामा बिल्कुल अनुभव नभएका उनकै छोराछोरीको हालीमुहाली हुने देखिन्छ । चुनावी अभियानमा बाबुलाई सघाउन ट्रम्पका छोराछोरी अग्रपङ्क्तिमा रहे । उनकी छोरी इभान्का बाबुले जापानी प्रधानमन्त्री सिन्जो आबेसँग गरेको गोप्य भेटै गरेकी थिइन् । त्यसैगरी, उनका छोरा डोनाल्ड जुनियरले सांसद रायन जिन्केलाई नयाँ सरकारमा आन्तरिक मामला मन्त्री बनाउन मुख्य भूमिका खेले ।

यतिखेर ट्रम्प आफूमात्र होइन परिवारलाई नै ह्वाइट हाउस भित्र्याउन ध्याउन्नमा छन् । ट्रम्पकी जेठी छोरी इभान्का फस्र्ट लेडीको कार्यालय समाल्न तयार छिन् । घरजग्गा लगानीकर्ता उनका श्रीमान् कुश्नेरलाई ट्रम्पले मध्यपूर्व मामिलाका सल्लाहकार घोषित गरिसकेका छन् । । डोनाल्ड जुनियर र उनका भाइ एरिक न्युयोर्कको ट्रम्प अर्गनाइजेसन चलाउनका लागि तयार छन् ।

ट्रम्पको यस्तो कदमले प्रश्न खडा गरेका छन् – ट्रम्पका छोराछोरी बाबुको पदलाई आफ्नो पारिवारिक व्यापार व्यवसाय बढाउनका लागि प्रभाव पार्ने क्षमता राख्छन् ? ट्रम्पले बाझिएको स्वार्थ वा नातावाद विरोधी नियमको हनन गर्ने पो हुन् कि भनेर चिन्तित छन् । तर ट्रम्प यस्ता शङ्कालाई महत्वहीन कुराका रुपमा लिन्छन् ।

यसमा अचम्म मानिरहनु पर्दैन । ट्रम्पको व्यवस्थापन ढाँचा भनें पारिवारिक घेराबाट नै निर्माण भएको छ । सानैदेखि कसरी व्यापार व्यवसाय फस्टाउन सकिन्छ भन्ने वातावरणमा उनका छोराछोरी भिजेका छन्, हुर्किएका छन् र लामो समयदेखि ट्रम्प अर्गनाइजेसनको यो सफलतामा काम गरेका छन् । उनीहरुले कम्पनीको बोर्डमा तीन सिट ओगटेका छन् र ट्रम्प आफूसहित चारजना । कम्पनीमा उनीहरुको स्थान, बाबुसँगको सम्बन्धलाई हेर्दा ट्रम्पको सरकारमा उनीहरुको प्रभावलाई शंकामा राख्नु पर्दैन।

त्यसैगरी बाँकी रहेका माथिल्लो पदमा लामो समयदेखि औषत १७ वर्षदेखि पारिवारिक हिसाबले एक पछि अर्को मान्छे रहेका छन् । धेरै त तीन दशकसम्म ट्रम्पको अति नजिक भएर काम गरे । उस्तै ओजको सार्वजनिक कम्पनीसँग तुलना गर्दा ट्रम्पको अर्गनाइजेसनको पारिवारिक उच्च कार्यकारी पद तथा यसको सल्लाहकारहरुको निरन्तरता महत्वपूर्ण छ । कुनै प्रशासनसम्बन्धी नियुक्त व्यक्तिलाई शिक्षा स्पष्ट छ – वंशजपछि केवल बफादारिता नै संस्थाको कार्यकारी पदमा पुग्ने÷रहने महत्वपूर्ण कडी हो ।

आधुनिक अमेरिकी राष्ट्रपतीय निर्वाचनको इतिहासले ट्रम्पको परिवारले चलाएको नेतृत्व शैलीले काम गर्छ कि गर्दैन भन्ने कुरामा प्रकाश पार्दछ । तर, ट्रम्पले भित्री घेरामा परिवारका सदस्य थुपार्दाका फाइदा बेफाइदाबारेमा विश्लेषण गर्ने सम्भावना छैन, आफ्नै अनुभवका कारणले मात्र पनि होइन – उसको बुबाले ट्रम्पलाई पारिवारिक व्यापारमा ल्याउँदादेखि उनले अन्त कतै पनि काम गरेनन् ।

त्यतिमात्र होइन, ट्रम्प केवल कुनै व्यापारको मालिक जो सबै नेतृत्व आफ्नो परिवारमा मात्रै राख्न मन पराउँछन्, भन्दा निकै टाढा छन् । बोस्टोन परामर्श समूह २०१६ को एक प्रतिवेदनअनुसार वार्षिक एक अर्ब डलर वा त्योभन्दा माथि राजस्व तिर्ने अमेरिकी कम्पनीको एक तिहाइ परिवारको स्वामित्वमा छ । तीमध्ये, ४० प्रतिशत परिवारले चलाएका छन् ।

विकसित प्रजातन्त्रमा नभए पनि सरकारमा परिवारमा आधारित नेतृत्व भएका नजिर प्रशस्तै छन् । काजखस्तानदेखि कङ्गोसम्म सम्भ्रान्तहरुले शासनमा डेरा जमाएका छन्, हडप्न खोज्नेविरुद्ध कडा निगरानी राखेका छन् र आफ्ना सन्ततीलाई सत्ता हस्तान्तरण गरेका छन् ।

प्रसङ्ग ल्याउँदा धैरै टाढाको जस्तो लाग्छ – ट्रम्पलाई विश्वकै लामो पारिवारिक तानासायी शासकहरु उत्तर कोरियाको किम्सहरुसँग तुलना गर्दा । उनीहरुबीच धेरै समानता देखा पर्दैछन् र कति त यसअघि नै देखिएका छन् ।

पारिवारिक तानाशाहप् शासनको पहिलो नियम हो बफादारिताको महत्वपूर्ण स्थान । उत्तर कोरियामा सेनाहरुबाट नेता किम जोन उनको सहयोगमा गरिने नाटकीय प्रतिज्ञाजस्तै ट्रम्पको ह्वाइट हाउसले पनि वंशलाई अविच्छिन्न बफादारिता खोज्ने सम्भावना छ ।

चिफ अफ स्टाफ रेइन्स प्रिबस र मुख्य रणनीतिकार स्टिभ बानोनको ह्वाइट हाउसमा हुँदै गरेको आगमनले स्पष्ट सन्देश दिइसकेको छ । उनीहरु दुवैले कुश्नेरको अत्यधिक गुणगान गाएका छन् र निर्णय लिने कुरामा उसको महत्वपूर्ण संलग्नता रहनेछ भनेका छन्, जबकि कुश्नेरसँग कुनै अनुभव भने छैन ।

दोस्रो हो, कामअनुसार नाम । किम, जसले कोरियामा नेतृत्व गरिरहेको वर्कर्स पार्टीको बरियता मानेनन्, त्यसैगरी ट्रम्पले पनि आफ्नै छोराछोरीलाई महत्वपूर्ण जिम्मेवारी दिने सम्भावना छ । ट्रम्पको छोराछोरी र श्रीमतीको औपचारिक राष्ट्रपति नियुक्तिहरुमा सायद नातावादको कानुन लाग्ला तर यसले व्यवहारमा भने धेरै अर्थ राख्दैन, उनीहरुको प्रत्यक्ष शक्तिको असर छिट्टै स्पष्टरुपमा देखिन्छ । वास्तवमा, ट्रम्पको मुख्य उद्देश्य प्राप्तिका लागि उनीहरुको प्रभावले मन्त्रिपरिषद्स्तरको नियुक्तिलाई भने सजिलै ओझेलमा पार्ने छ र ती नियुक्ति पाएकाहरु आफूलाई सो कुरामा अभ्यस्त गर्नमा चनाखा हुनेछन् ।

तेस्रो, अचानक धेरै बढुवा हुनेछन् र कति निष्काशनमा पर्ने छन् । उत्तर कोरियामा यो विषयमा माथिबाटै प्रहार भयो । रियालिटी टिभी व्यक्तित्वमा न्यून तहका कर्मचारीको बढुवा र कतिको उत्तेजित निष्काशनले यस्तै कुराको छनक मिल्छ । किमको नेतृत्वमा जस्तै ट्रम्पको शासनमा पनि असफल नीतिमा कर्मचारीलाई जोडिने छ, जहाँ परिवारबाहेकले चुनौती सामना गर्ने छन् ।

चुनाव हुनु दुई हप्ता पहिले ट्रम्पको अभियानका उच्च कर्मचारी ब्राड पास्र्कलले ट्रम्पको ह्वाइट हाउसले कसरी काम गर्छ भन्ने सुझाए । उनले भने – ‘मेरो बफादारिता परिवारप्रति हो ।’ यस्तो स्पष्टसँग त किमको परिवारको मान्छेले पनि बोलेका छैनन् ।

सिआइएका पूर्व वरिष्ठ विश्लेषक केन्ट ह्यारिङ्टन पूर्वी एसियाका लागि राष्ट्रिय गुप्तचर अधिकृत, एसियाका स्टेसन प्रमुख र सिआइएका सार्वजनिक मामलासम्बन्धी निर्देशक हुन् ।

Post a Comment

Previous Post Next Post